arrow

काँग्रेसको प्रचार समिति रणनीतिक छलफलमा, प्रचार आक्रामक गरिने 

logo
प्रकाशित २०७४ कार्तिक १९ आइतबार
nc-party-office.png

काठमाडौं । नेपाली काँग्रेसको निर्वाचनको लागि तयार पारिएको प्रचार समिति रणनीतिक छलफलमा जुटेको छ । आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारको पक्षमा माहोल जुटाउनको लागि रणनीतिक छलफलमा जुटेको हो । समितिले चुनावमा आक्रामक प्रचारमा लाग्ने निर्णय पनि गरेको छ । 

मंसिर १० र मंसिर २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि पार्टीका केन्द्रीय सदस्य बालकृष्ण खाँणको संयोजकत्वमा गठित पार्टीको केन्द्रीय निर्वाचन परिचालन समितिले आगामी निर्वाचनमा कांग्रेस र पार्टीका उम्मेदवारहरुलाई अत्यधिक मतका साथ विजयी गराउने सम्बन्धमा वृहत छलफल पनि प्रारम्भ गरेको छ । 

यसै सन्दर्भमा आईतबार नै पार्टीको केन्द्रीय कार्यालयमा समितिले नेपाली कांग्रेसको शुभेच्छुक संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल ९सिडेन० लगायतका संस्थाहरुसँग छलफल सम्पन्न गरेको छ । 

त्यसैगरी आईतबार नै केन्द्रीय निर्वाचन परिचालन समितिले गत स्थानीय तह निर्वाचन —२०७४ का सन्दर्भमा गठन भएको केन्द्रीय निर्वाचन प्रचार प्रसार उपसमितिका सदस्यहरुसँग स्थानीय तहको निर्वाचनमा तत्कालीन प्रचार समितिले गरेका कामहरु र प्रभावकारी प्रचार प्रसारका लागि भावी रणनीतिका सम्बन्धमा राय सुझाव लिएको थियो । उपसमितिले स्थानीय तहको निर्वाचनको समयमा गठन भएको मिडिया सेन्टरलाई पुनः सञ्चालनमा ल्याउने निर्णय पनि गरेको छ । केन्द्रीय तहमा पार्टी कार्यालयमा मिडिया सेन्टर रहने छ भने सातै प्रदेशमा मिडिया सेन्टर पुनः सञ्चालनमा आउने छ । 

केन्द्रीय निर्वाचन परिचालन समितिले सबै जिल्लाहरुमा जिल्ला निर्वाचन परिचालन समिति र जिल्ला कार्यसमितिले तोकेको व्यक्ति संयोजक र नेपाल प्रेस युनियन जिल्लाका अध्यक्ष सहसंयोजक रहने गरी जिल्ला निर्वाचन प्रचार प्रसार समिति तथा जिल्ला निर्वाचन परिचालन समितिले प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवाहरुसँग आवश्यक समन्वय गरी प्रतिनिधिसभा र प्रदेशसभाका क्षेत्रहरुमा पनि निर्वाचन प्रचार प्रसार समिति गठन गर्नका लागि यस अघि नै जिल्लाहरुलाई परिपत्र गरिसकेको छ ।


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ