arrow

भियतनाममा आँधी, कम्तिमा २७ जनाको मृत्यु

logo
प्रकाशित २०७४ कार्तिक १९ आइतबार
vietnam.jpg

एजेन्सी । दक्षिणी र मध्य भियतनाम पूरै प्रभावित हुने गरी आएको डाम्रे नामक आँधीका कारण कम्तीमा २७ जनाको मृत्यु भएको छ । २० बढी हराइहेको बेलायती समाचार संस्था बीबीसीले जनाएको छ ।

भियतनाममा शनिबार प्रवेश गरेको डाम्रे आँधीको गति प्रति घण्टा ९० किलोमिटर रहेको अधिकारीहरुले जनाएका छन् ।

आँधीले ४० हजार बढी घरमा क्षति पुगेको छ । अधिकारीहरुका अनुसार कैयौं मानिसको उद्धार गरिएको छ ।
आँधी प्रभावित क्षेत्रबाट विदेशी पर्यटकहरुसहित ३० हजार बढी मानिसको उद्धार गरिएको बताइएको छ ।

यही हप्ताको अन्त्यतिर एसिया प्रशान्त आर्थिक सहकार्यसम्बन्धी संगठन एपेकको शिखर सम्मेलन हुन लागेको तटीय शहरभन्दा ५ सय किलोमिटर टाढा रहेको क्षेत्र सबैभन्दा बढी प्रभावित भएको छ । भियतनाममा प्रत्येक साल आँधी आउने गर्दछ । जसका कारण उत्पन्न बाढीबाट कैयौं मानिसको मृत्यु हुने गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ