arrow

भक्तपुरमा एमाले र माओवादीबीच मारामार, तोडियो गठबन्धन

logo
प्रकाशित २०७४ कार्तिक १९ आइतबार
bam_gathabandhan.jpg

काठमाडौं । भक्तपुरमा नेकपा माओवादी केन्द्र र एमालेले बाम गठबन्धन तोडेका छन् । भक्तपुर क्षेत्र नं १ को प्रदेश क मा परेको वागी उम्मेदवारीमा एमालेले धोका दिएपछि एमाले र माओवादीबीचको गठबन्धन तोडिएको हो ।  

भक्तपुरको प्रदेश तर्फको क मा माओवादीका देवीप्रसाद ढकालले उम्मेदवारी दिएपनि एमालेका हरिशरण लामिछानेले पार्टीको आधिकारिक पत्र लिएर आफू आधिकारिक उम्मेदवार भन्दै उम्मेदवारी दिएपछि गठबन्धन तोडिएको हो ।

हाम्राकुरासँगको कुराकानीमा माओवादीका उम्मेदवार ढकालले एमालेले नै गठबन्धन तोडेको आरोप लगाए । उनले दिउँसो ११ बजेसम्म एमालेकी अष्टलक्ष्मी शाक्यले उम्मेदवारलाई समेत फोन गरेर यो माओवादीको भागमा परेको क्षेत्र हो भन्दै फिर्ता लिन आग्रह गरेको बताए । 

तर, एमालेका उम्मेदवारहरुले उम्मेदवारी फिर्ता नलिएपछि गठबन्धन तोडिएको घोषणा गरिरहनु नपर्ने उनले बताए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ