arrow

उमेशजंग रायमाझी भएको संसद रोमाञ्चित हुने गगन थापाको भनाई

logo
हाम्रा कुरा
प्रकाशित २०७४ कार्तिक १९ आइतबार
gagan-thapa1.JPG

काठमाडौं ।  नेपाली कांग्रेसका युवा नेता गगन थापाले आफ्नो अग्रज उमेशजंग रायमाझी भएको रोमाञ्चित हुने दाबी गरेका छन् । थापाले भोजपुरबासीले गर्वका साथ उ मेरो सांसद हो भनेर भन्न सक्ने समेत बताएका छन् ।

उनले एक भिडियो सन्देश मार्फत विद्यार्थी राजनीतिमा आफूभन्दा सिनियर रहेका रायामाझीलाई जिताउन भोजपुरबासीलाई आग्रह गरेका छन् । रायामाझी नेपाल विद्यार्थी संघको महामन्त्री हुँदा गगन त्रिचन्द्र क्याम्पसको स्ववियु सभापति थिए ।

गनले उमेशजंग आफ्ना लागि संघर्ष र समपर्णको प्रतिक भएको बताएका छन् । ‘उमेशजंग रायामाझी मेरा लागि संघर्ष र समपर्णको प्रतिक हो । विद्यार्थी राजनीतिमा हुँदा म जस्तै थुप्रै विद्यार्थी राजनीतिकर्मीलाई लाग्थ्यो की उहाँ जस्तै बोल्न सक्ने र निडर व्यक्ती हुन पाए हुन्थ्यो,’ उनले भनेका छन् ।

संविधान निर्माण पछिको संसदमा रायामाझी भएको संसद कस्तो हुन्छ भनेर अनुमान गर्दा समेत आफु रोमान्चित हुने गरेको उनले बताएका छन् । ‘हामीलाई संसदमा यस्तै एक निडर व्यक्तिको खाँचो छ । संसदमा आफु र आफ्नो ठाँउका मात्रै होइन । सिंगो राष्ट्रका लागि सोच्न सक्ने र बोल्न सक्ने नेता चाहिन्छ,’ उनले भनेका छन्, ‘जसलाई देखेर प्रत्येक भोजपुरबासीले गर्वका साथ भन्न सक्छ की उ मेरो सांसद हो ।’

गगनले भोजपुरको छोरा भएर सिंगो देशको बारेमा कुरा राख्न सक्ने हैसियत राख्ने, प्रजातन्त्रका लागि लडेको एक निडर र साहसिक व्यक्ति रायामाझीलाई जिताएर पठाउने विश्वास समेत व्यक्त गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ