arrow

पूर्व अाईजीपी उपेन्द्रकान्त अर्यालसँग ६ घण्टा बयान लियो अख्तियारले

logo
प्रकाशित २०७४ कार्तिक १९ आइतबार
IGP-upendrakanta-aryal.jpeg

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व प्रहरी महानिरीक्षक आईजीपी उपेन्द्रकान्त अर्यालसँग बयान लिएको छ । अख्तियारले अर्यालविरुद्ध अकुत सम्पत्ति जोडेको शंकामा छानविन गरिरहेको छ ।

आईजीपी अर्यालले पदको दुरुपयोग गरी झण्डै पाँच करोड रुपैयाँ गैर कानुनी सम्पत्ति आर्जन गरेको अख्तियारको जिकिर छ ।

अर्यालले आइतबार झण्डै ६ घण्टा बयान दिए । केही महिना अघि अख्तियारले अर्याललाई १३ पन्नाको विवरण भराएको थियो ।  

अख्तियारले आइतबारै विद्युत प्राधिकरणको ट्रान्सर्फमर खरिद घोटालाबारे पूर्वमुख्य सचिव राजेन्द्रकुमार क्षत्री, वहालवाल सचिव अर्जुनकुमार कार्की र पूर्वसचिव विश्वप्रकाश पण्डितसँग समेत बयान लिएको छ ।

यस्तै, अख्तियारले वहालवाला सचिव गजेन्द्र ठाकुर र काठमाडौं महानगरपालिकाका दुई डीएसपी धनपति सापकोटा र राजुनाथ पाण्डेसँग पनि बयान लिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ