arrow

माछापुच्छ्रे बैंकले शुरु गर्‍यो कोरियाबाट रेमिट्यान्स सेवा

logo
प्रकाशित २०७४ कार्तिक १९ आइतबार
macchhapuchhre_BankOfKorea.jpg

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड र इन्डस्ट्रियल बैंक अफ कोरियाबीच रेमिट्यान्स सम्झौता भएको छ । 

इन्डस्ट्रियल बैंक अफ कोरियाको मुख्यालय दक्षिण कोरियामा बैंकका चिफ डिजिएम वु डोङ हो र माछापुच्छ्रे बैंकका नायब महाप्रबन्धक सन्तोष कोइरालाकाबीच सम्झौता आदान प्रदान भएको हो ।

सम्झौता लगत्तै दक्षिण कोरियाका लागि नेपाली राजदूत अर्जुन जंगबहादुर सिंहले एक कार्यक्रमकाबीच रेमिट्यान्स सेवाको औपचारिक उद्घाटन गरेका छन् ।

सम्झौता पश्चात दक्षिण कोरियामा कार्यरत नेपालीहरुले इन्डस्ट्रियल बैंक अफ कोरियाको माध्यमबाट माछापुच्छ्रे बैंकका ६२ शाखा, ४ एक्स्टेन्सन काउण्टर र ६ शाखारहित सेवा काउण्टरमा सजिलो र सरल माध्यमले रकम पठाउन सक्ने र नेपालमा रहेका उनका आफ्नतले रकम लिन सक्नेछन्। 

माछापुच्छ्रे बैंकले नेपाल रकम पठाउने नेपालीहरुलाई बचत खातामा निःशुल्क दुर्घटना बीमा लगायत कर्जा र अन्य बैंकिंग सेवाहरुमा विशेष सुविधा तथा सहुलियतहरु प्रदान गर्ने बताएको छ । 

बैंकले दक्षिण कोरियाबाट नै अत्याधुनिक उपकरणको प्रयोग गरी रियल टाईममा खाता खोल्ने सुविधा समेत प्रदान गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ