arrow

दुलही खोज्दै बाहुबली हिरो

केही दिन अगाडि प्रभाषको इन्गेजमेन्ट भइसकेको र युवती इञ्जिनियर भएको चर्चा चलेपनि त्यो अफबाह साबित भएको छ ।

logo
प्रकाशित २०७२ माघ ६ बुधबार
prabhas.JPG.jpeg
मुम्बई । फिल्म ‘बाहुबली’ मा आफ्नो दमदार अभिनयबाट दर्शकलाई भरपुर मनोरञ्जन दिएका अभिनेता प्रभाष चाँडै नै विवाह बन्धनमा बाँधिदैछन् । तर उनको हुनेवाला दुलही को हुनेछिन् भन्ने कुराको अझै पनि निक्र्यौल हुन सकेको छैन, किनकी परिवार उनका लागि दुलही खोज्ने काममा जुटिसकेका छन् ।

प्रभाषका काका कृष्णम राजु जो आफैमा तेलुगु फिल्मका चर्चित अभिनेता हुन, उनले एक अन्तर्वार्तामा यो कुराको खुलासा गरेका हुन् । ‘मैले आफ्नो भतिजोलाई यो वर्ष विवाह गर्नका लागि भनें, यो कुरामा उसले सहमति जनाइसकेको छ, अहिले म दुलहीको खोजीमा छु ।’ उनले भने । कृष्णमले आफुलाई दर्शकले बाहुबलीको काका भनेर सम्बोधन गर्दा खुशी लागेको बताए ।

केही दिन अगाडि प्रभाषको इन्गेजमेन्ट भइसकेको र युवती इञ्जिनियर भएको चर्चा चलेपनि त्यो अफबाह साबित भएको छ । प्रभाषले सन् २००२ बाट फिल्म ‘इश्वर’देखि फिल्ममा अभिनय शुरु गरेका हुन् । तेलुगु फिल्ममा राम्रो अभिनेताका रुपमा चिनिए पनि उनले विश्वव्यापी चिनाउने काम भने ‘बाहुबली’ नै ग¥यो । यो फिल्मको दोस्रो भाग सन् २०१७ मा रिलिज हुँदैछ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ