arrow

काँग्रेसको विजय सुनिश्चित : महामन्त्री कोइराला

logo
प्रकाशित २०७४ कार्तिक १९ आइतबार
Sashanka-koirala.jpg.jpeg

नवलपरासी । नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले आशन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा नेपाली काँग्रेसको विजय सुनिश्चित रहेको दाबी गरे। नवलपरासी (बर्दघाट सुस्ता) पूर्व निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवारसमेत रहेका डा कोइरालाले आइतबार नवलपरासीको दलदलेमा पार्टीद्वारा आयोजित अगुवा कार्यकर्ताहरुको भेलालाई सम्बोधन गर्दै सो कुरा बताएका हुन्। 

कार्यकर्तालाई सम्बोधन गर्दै महामन्त्री डा‍‍. कोइरालाले नेपाली काँग्रेस कहिल्यै पनि विचलित नहुने पार्टी भएकाले यसलाई कसैले कमजोर बनाउन नसक्ने जिकिर गरे । नेपाली काँग्रेस वाम गठबन्धनका कारण चुनावमा कमजोर हुन्छ भनेर हल्ला चलाए पनि त्यो निराधार भएकाले अब संविधानको संस्थागत विकासका लागि निर्वाचन नेपाली काँग्रेसका पक्षमा आउने दाबी गरे। 

नेपाली काँग्रेसको विजयलाई अब कसैले रोक्न नसक्ने ठोकुवा गर्दै डा कोइरालाले काँग्रेस जस्तोसुकै नीति अपनाएर पनि निर्वाचन आफ्नो पोल्टामा पार्न सक्षम हुने कोइरालाले दाबी गरेका छन् । एक भएर काँग्रेस जिताउन जनताका माझ होमिन डा कोइरालाले सबै कार्यकर्तालाई निर्देशन दिने । मुलुकमा लोकतान्त्रिक र वामपन्थी गठबन्धनबीच प्रतिस्पर्धा रहेपनि काँग्रेसको नेतृत्वको गठबन्धनले यो चुनावमा प्रष्ट जित हात पार्ने कोइरालाले दाबी गरे । 

डा कोइरालाले सशक्तरुपमा प्रचारप्रसारमा लाग्न, जनतालाई राम्रोसँग बुझाएर जान र निर्वाचन जसरी पनि जित्ने वातावरण तयार गर्न मातहतका सबै वर्गीय संगठनलाई महामन्त्री डा कोइरालाले निर्देशन पनि दिए। अहिले राजनीतिक दलभित्र तीव्र धु्रवीकरण भएपनि काँग्रेस बलियो शक्ति भएको र यसले काँग्रेसभित्र थप एकता र संगठित हुने अवसर दिएको उनले बताए। 

काँग्रेस महामन्त्री कोइरालाले पार्टीका नेता तथा कार्यकर्तालाई पार्टीका उम्मेदवारलाई जिताउन निर्देशन दिँदै भने, “काँगे्रस हार्दा मुलुक र लोकतन्त्र हार्ने भएकाले काँगे्रसका कार्यकर्ता गम्भीर हुनु जरुरी रहेको छ ।” 

काँग्रेसको विजय सुनिश्चित : महामन्त्री कोइराल

नवलपरासी । नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले आशन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा नेपाली काँग्रेसको विजय सुनिश्चित रहेको दाबी गरे। नवलपरासी (बर्दघाट सुस्ता) पूर्व निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवारसमेत रहेका डा कोइरालाले आइतबार नवलपरासीको दलदलेमा पार्टीद्वारा आयोजित अगुवा कार्यकर्ताहरुको भेलालाई सम्बोधन गर्दै सो कुरा बताएका हुन्। 

कार्यकर्तालाई सम्बोधन गर्दै महामन्त्री डा कोइरालाले नेपाली काँग्रेस कहिल्यै पनि विचलित नहुने पार्टी भएकाले यसलाई कसैले कमजोर बनाउन नसक्ने जिकिर गरे । नेपाली काँग्रेस वाम गठबन्धनका कारण चुनावमा कमजोर हुन्छ भनेर हल्ला चलाए पनि त्यो निराधार भएकाले अब संविधानको संस्थागत विकासका लागि निर्वाचन नेपाली काँग्रेसका पक्षमा आउने दाबी गरे। 

नेपाली काँग्रेसको विजयलाई अब कसैले रोक्न नसक्ने ठोकुवा गर्दै डा कोइरालाले काँग्रेस जस्तोसुकै नीति अपनाएर पनि निर्वाचन आफ्नो पोल्टामा पार्न सक्षम हुने कोइरालाले दाबी गरेका छन् । एक भएर काँग्रेस जिताउन जनताका माझ होमिन डा कोइरालाले सबै कार्यकर्तालाई निर्देशन दिने । मुलुकमा लोकतान्त्रिक र वामपन्थी गठबन्धनबीच प्रतिस्पर्धा रहेपनि काँग्रेसको नेतृत्वको गठबन्धनले यो चुनावमा प्रष्ट जित हात पार्ने कोइरालाले दाबी गरे । 

डा कोइरालाले सशक्तरुपमा प्रचारप्रसारमा लाग्न, जनतालाई राम्रोसँग बुझाएर जान र निर्वाचन जसरी पनि जित्ने वातावरण तयार गर्न मातहतका सबै वर्गीय संगठनलाई महामन्त्री डा कोइरालाले निर्देशन पनि दिए। अहिले राजनीतिक दलभित्र तीव्र धु्रवीकरण भएपनि काँग्रेस बलियो शक्ति भएको र यसले काँग्रेसभित्र थप एकता र संगठित हुने अवसर दिएको उनले बताए। 

काँग्रेस महामन्त्री कोइरालाले पार्टीका नेता तथा कार्यकर्तालाई पार्टीका उम्मेदवारलाई जिताउन निर्देशन दिँदै भने, “काँगे्रस हार्दा मुलुक र लोकतन्त्र हार्ने भएकाले काँगे्रसका कार्यकर्ता गम्भीर हुनु जरुरी रहेको छ ।” रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ