arrow

दोस्रो चरणमा ४ हजार ४ सय ८२ उम्मेदवारले पाए चुनाव चिन्ह

logo
प्रकाशित २०७४ कार्तिक १९ आइतबार
election-commission.jpg.jpeg

काठमाडौं । निर्वाचन आयोगले मंसिर २१ गते हुने दोस्रो चरणको प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनका उम्मेदवारी दिएका चार हजार चार सय ८२ उम्मेदवारलाई निर्वाचन चिन्ह दिएको छ ।

दल तथा स्वतन्त्ररुपमा उम्मेदवारी दिएका उम्मेदवारलाई ४५ जिल्लाका मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन चिह्न दिएको हो ।

कात्तिक १६ गते प्रतिनिधिसभा सदस्यतर्फ १२८ र प्रदेशसभा सदस्यतर्फ २५६ पदका लागि चार हजार सात सय ४७ जनाको उम्मेदवारी परेको थियो । यद्यपि,  प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि जम्मा चार हजार चार सय ८२ उम्मेदवारहरुलाई निर्वाचन प्रदान गरिएको हो ।

दुई जनाको उम्मेदवारी रद्द भएको छ । चार जनाको खारेज र २५९ जनाको उम्मेदवारी फिर्ता भएको छ । आयोगका अनुसार दुई सय ६५ जना व्यक्तिको नाम उम्मेदवारको सूचीबाट हटेको आयोगका प्रवक्ता नवराज ढकालले बताए । आयोगले चुनाव चिन्ह दिनुअघि उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको थियो ।

निर्वाचन चिह्न प्रदान गरिएका राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारले अब  औपचारिक रुपमा चुनावी प्रचार–प्रसार सुरू गर्न पाउने छन् । पहिलो चरणमा आठ सय तीन उम्मेदवारले चुनाव चिन्ह पाएका छन् ।
पहिलो र दोस्रो चरण गरी पाँच हजार दुई सय ८५ उम्मेदवारले चुनाव चिन्ह पाएका छन् । अब चुनावी अभियानले अझ तीब्रता पाउने छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ