arrow

कमल थापाको आब्हान – ‘लोकतान्त्रिक गठबन्धनलाई विजयी गराऔँ’

logo
प्रकाशित २०७४ कार्तिक १९ आइतबार
kamal-thapa-1.jpg.jpeg

हेटौँडा । उपप्रधानमन्त्री एवं ऊर्जामन्त्री कमल थापाले राष्ट्रको स्वाधीनताका साथै प्रेश स्वतन्त्रता र प्रजातान्त्रिक सुदृढीकरणका लागि लोकतान्त्रिक गठबन्धनलाई निर्वाचित गराउनुपर्ने बताएका छन् । 

मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१४ मा आयोजित आमसभालाई सम्बोधन गर्दै उनले लोकतान्त्रिक गठबन्धनलाई जिताउन मतदातालाई आग्रह गरे । 

लोकतान्त्रिक गठबन्धन कुनै दल वा समूहको विरुद्धमा नभएको मन्त्री थापाले बताए ।

देशमा बढ्दै गएको गरिबी र बेरोजगारीलाई संयुक्तरुपमा उन्मूलन गर्नु आजको आवश्यकता भएको मन्त्री थापाको भनाइ थियो ।

कार्यक्रममा राप्रपाका केन्द्रीय उपाध्यक्ष बुद्धिमान तामाङ, काँग्रेस मकवानपुरका नेता रामचन्द्र अर्याललगायतले सम्बोधन गरेका थिए । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ