arrow

बाँदरमुढे घटनाका पीडितलाई प्रचण्डले झुक्काए, पीडितले दिए चेतावनी

logo
प्रकाशित २०७४ कार्तिक २० सोमबार
badarmudhe_gharana.jpg

काठमाडौं । बाँदरमुढे घटनाका पीडितहरुलाई नेकपा माओवादीका अध्यक्ष प्रचण्डले झक्काएका छन् । आईतबार उनीहरुसँग भेटेर उनीहरुका समस्या सुन्ने कार्यतालिका राखेका प्रचण्डले उनीहरुलाई एक ठाउँमा बोलाएर आफू अर्कै तिर हिँडेपछि पीडितहरु झनै आक्रोशित बन्न पुगेका छन् । 

आईतबार बाँदरमुढे घटना पीडित समितिले जारी गरेको विज्ञप्तीमा उनीहरुलाई विरुवा स्थित माडी नगरपालिकाका मेयर ठाकुर ढकालको निवासमा भेट्ने भनी समय तोकेका थिए । उनीहरुसँग भेट्नको लागि प्रचण्डले माओवादी केन्द्रका कोषध्यक्ष अमिक शेरचनलाई मध्यस्तकर्ताको रुपमा खटाएका थिए । 

सोही अनुसार विरुवामा जम्मा भएका १५ जना पीडितहरु साँझसम्म कुर्दा पनि प्रचण्ड भेट्न नआएपछि आक्रोशित बनेका हुन् । साँझमा उनीहरुलाई भेट गर्नको लागि भरतपुर बोलाईएको थियो । तर, उनीहरु चुनावी सफलताका लागि उनीहरुलाई परिचालन गर्न खोजेको भन्दै आक्रोशित बनेका थिए । 

समितिका अध्यक्ष मुक्तिनाथ दाहालले जारी गरेको विज्ञप्तीमा माओवादी केन्द्रलाई पीडितहरुमाथि यस्ता प्रकारका खेलवाड नगर्न माओवादी केन्द्रलाई चेतावनी दिईएको छ । उनले आफूहरु वार्तामा बस्न तयार भएपनि माओवादी केन्द्र आफूहरुसँग वातामा बस्न नै नचाहेको भन्दै प्रचण्डप्रति आक्रोशित बनेका हुन् ।

No automatic alt text available.



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ