arrow

सिन्धुलीमा बोलेरो दुर्घटना, ४ को मृत्यु, ७ घाइते

logo
प्रकाशित २०७४ कार्तिक २० सोमबार
accident.jpeg

सिन्धुली । सिन्धुलीको फिक्कलमा बलेरो जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । फिक्कल गाउँपालिका ४ को तर्केनीवशीमा आइतबार राति बा ७ च ३६९५ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा फिक्कल ४ का ४० वर्षीय अमरबहादुर दर्लामी, रामप्रसाद बराल, ५९ वर्षीय दिलबहादुर र ६० वर्षीय नरबहादुर बलमपाखीको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा ७ जना घाइते भएका छन् । एक जना गम्भीर घाइते भएका ४१ वर्षीय धनबहादुर मगरको ललितपुरस्थित विएण्डबी अस्पतालमा उपचार भइरहेको छ भने बाँकी सामान्य घाइते ६ जनाको गोलन्जोर गाउँपालिका खुर्कोट अस्पतालमा उपचार भइरहेको छ। 

चालकको लापरवाहीले उक्त दुर्घटना भएको प्रहरीले प्रारम्भिक अनुमान गर्दै चालक यज्ञबहादुर रानामगरलाई नियन्त्रणमा लिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ