arrow

प्रचण्ड नगएपछि बाम गठबन्धनको ताप्लेजुङ-दार्चुला अभियान तुहियो 

logo
प्रकाशित २०७४ कार्तिक २० सोमबार
bam_gathabandhan.jpg

काठमाडौैं । बाम गठबन्धनको ताप्लेजुङ दार्चुला अभियान उद्घाटनसँगै तुहिएको छ । आईतबार ताप्लेजुङमा आयोजित कार्यक्रमबाट शुभारम्भ भएको सो कार्यक्रम दोस्रो कार्यक्रम नै नगरी स्थगित गरिएको हो । 

एमाले सचिव कृष्णगोपाल श्रेष्ठले दुबै पार्टीको निर्वाचन व्यवस्थापनमा धेरै समय दिनुपर्ने भएकोले अभियान स्थगित गरिएको जानकारी दिए । उनले ताप्लेजुङमा एमाले अध्यक्ष ओलीले आईतबार कार्यक्रम गरेको भएपनि सोमबारदेखिका कार्यक्रमहरु स्थगित गरिएको जानकारी दिए । 

सो कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड जाने कार्यक्रम रहेको थियो । तर उनी आफ्नै चुनावी क्षेत्रमा प्रचारमा व्यस्त रहेकोले ताप्लेजुङ गएनन् । दुई पार्टी मध्ये एक पार्टीका अध्यक्ष नै उपस्थित नभएपछि अभियान तुहिएको एमालेका एक नेताले जानकारी दिए । एकता र तालमेलको सन्देश दिन आइतबारबाट सुरु गर्ने भनिएको एकहप्ते अभियान स्थगित दोस्रो दिन नै स्थगित गरिएको हो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ