arrow

तराईका बाढी प्रभावितलार्इ सरकारको 'स्पेशल प्याकेज' 

logo
प्रकाशित २०७४ कार्तिक २० सोमबार
pm-office-and-council-of-ministries.jpeg

काठमाडौं । सरकारले बर्खाको समयमा तराईमा गएको बाढीबाट प्रभावित भएकाहरुलाई विशेष योजना ल्याएको जनाएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बाढी प्रभावित तराईबासीका लागि विशेष राहत योजना ल्याउने निर्णय गरेको अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । 

झण्डै ५ महिना अघि गएको बाढीबाट प्रभावितहरुले राहत नपाएको गुनासो गरिरहँदा सरकारले विशेष योजना ल्याउने निर्णय गरेको हो । योजनाको विस्तृत खाकालाई पास गरेको  भन्दै मन्त्री कार्कीले यो योजना छिट्टै कार्यान्वयनमा ल्याउने बताए। 

मन्त्रिपरिषद्को बैठकले ग्रामिण सडक सञ्जाल विस्तारका लागि एसियाली विकास बैठकबाट १ सय मिलियन अमेरीकी डलर ऋण सहायता लिने निर्णय पनि गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ