arrow

बझाङको बाम गठबन्धनमा असन्तुष्टि 'भुसको आगो' जस्तै सल्किँदै, फार्इदा काँग्रेसलार्इ

logo
प्रकाशित २०७४ कार्तिक २० सोमबार
bam_gathabandhan.jpg

बझाङ । बझाङमा एमाले र माओवादीबीच आपसी असन्तुष्टि र असमझदारीमा रुमलिईरहँदा काँग्रेस भने तीब्र रुपमा चुनावी प्रचारमा व्यस्त रहेको छ । काँग्रेसले निवर्तमान पार्टी जिल्ला सभापति पृथ्वी बहादुर सिंहलाई जिल्लाबाट प्रतिनिधि सभा सदस्यको लागि उम्मेदवार बनाएको छ । त्यस्तै काँग्रेसले जिल्लाको प्रदेश सभा तर्फको क मा निर्वतमान सांसद चन्द्रा देवी जोशी र ‘ख’ बाट पूर्व राज्यमन्त्री नरेश बहादुर सिंहलाई उम्मेद्वार बनाएको छ । 

उता, नेकपा बाम गठबन्धनमा भने उम्मेदवारी चयनको बेलामा भएको असन्तुष्टि अझै साम्य हुन सकेको छैन । गठबन्धन भित्रको यो विवाद साम्य हुनुको साँटो भुसको आगो जस्तै तल्लो तहका कार्यकर्तासम्म फैलिदै गइरहेको छ । जसको कारण नेता तथा कार्यकर्ता निस्कृय भएर चुनावी प्रचारमा जानै छाडेका छन् । उम्मेदवारी दर्ता भएकै दिन नेकपा एमालेका जिल्ला अध्यक्ष दिल बहादुर सिंहले टिकट वितरणप्रति औपचारिक रुपमा असहमती जनाएपछि उनीहरुबीचको विवाद बाहिर आएको थियो।

तर सधैं गुटगत राजनीतिमा सक्रिय हुने काँग्रेस भने पछिल्लो समयमा एक ढिक्का भएर चुनावी अभियानमा लागेका छन् । नेपाली कांग्रेसका नेता डा। सुरेश मल्ल, पूर्व जिल्ला सभापति चेतराज बज्याल, पूर्व पार्टी सभापति सत्यराज भण्डारी, युवा नेता जगतप्रसाद जोशी लगाएतका सबै नेताहरु पार्टीलाई निर्वाचनमा जिताउन लागि परेका छन् । जसले गर्दा बझाङ कांग्रेसमय भएको छ ।

नेकपा एमाललेको टिकट वितरण गर्दा प्रतिनिधि सभामा भैरब बहादुर सिंह र प्रदेश सभाका लागि ‘क’ बाट अर्जुन बहादुर थापालाई टिकट दिएको छ । जसमा थापा भिम रावल नजिकका हुन भने सिंह माधव नेपाल नजिकका हुन । बझाङ ‘ख’ मा भने माआवादी केन्द्रकी देवकी मल्ललाई उम्मेद्वार बनाएको छ । तर एमालेभित्र माओवादीकी उम्मेदवार मल्ललाई टिकट दिएपछि भने एमालेभित्र असन्तुष्टि चुलिएको हो । 

उता त्यहाँ विवेकशील साझा पार्टीले पनि एमालेकै भोट बढी काट्ने देखिन्छ । विवेकशील साझा पार्टीबाट प्रतिनिधि सभाका लागि मीन बहादुर सिंह उम्मेद्वार बनेका छन् । उनी नेकपा एमाले निकट नेताका रुपमा परिचित छन् । प्रदेश सभाका लागि बझाङ ‘क’ बाट मोहन बहादुर सिंह र ‘ख’ बाट रविन्द्र बमले उम्मेद्वारी दिएका छन् । सिंह र बम नेकपा एमाले अखिलको राजनीतिबाट आएका युवा नेता हुन् । तीनै जनाले एमालेबाट विवेकशील साझामा प्रवेश गरेका हुन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ