arrow

ट्रम्प पुग्नु एक दिनअघि दक्षिणले १८ उत्तर कोरियालीमाथि प्रतिबन्ध लगायो

logo
प्रकाशित २०७४ कार्तिक २० सोमबार
utar.jpg

एजेन्सी । दक्षिण कोरियाले उत्तर कोरियामा पैसा पठाउने गरेको आरोप लागेका १८ जना उत्तर कोरियालीविरुद्ध प्रतिबन्ध लगाएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दक्षिण कोरिया पुग्नु अघि दक्षिण कोरियाले यस्तो निर्णय लिएको हो । ट्रम्प ११ दिन लामो एसिया भ्रमणमा छन् ।

अमेरिकाले दक्षिण कोरियाले उत्तर कोरियाविरुद्ध कडा कदम उठाउनु पर्नेमा जोड दिइरहेको छ । दक्षिण कोरियाको कालोसूचीमा परेका व्यक्तिहरु पाँचवटा उत्तर कोरियाली बैंकका प्रतिनिधिहरु हुन् ।

उनीहरु चीन, रुस र लिवियामा खटिएका थिए । उनीहरुमाथि उत्तर कोरिया खासगरी उसको हतियार कार्यक्रमका लागि रकम जुटाउन मद्दत गरेको आरोप छ ।

अमेरिका र संयुक्त राष्ट्रसंघले उनीहरुलाई यसअघि नै कालोसूचीमा राखिसकेका थिए । पछिल्लो कदमको सांकेतिक महत्वमात्रै रहेको ठानिएको छ । सन् २०१० मा दक्षिण कोरियाली नौ सेनाको पानीजहाजलाई उत्तर कोरियाले डुबाइदिएको आरोप लगाइए यता दुई देशबीचको आर्थिक कारोबार बन्द भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ