arrow

ढुङ्गाले लागेर एक व्यक्तिको मृत्यु

logo
कौरव खत्री,
प्रकाशित २०७४ कार्तिक २० सोमबार
Dead_Body.jpg.jpeg

गुल्मी । गुल्मीमा डोजरले पल्टाएको ढुङ्गाले लागेर एक ब्यक्तिको मृत्यु भएको छ । मुसिकोट नगरपालिका वडा नम्वर ५ मासो बस्ने बर्ष  ४५ का मुमिश्वर अर्यालको मृत्यु भएको वडाध्यक्ष भागीरथ खरेलले जानकारी दिएका छन् । बा २ क ४४७८ नम्बरको सुरेन्द्र लम्सालको डोजरले पल्टाएको ढुङ्गाले लाग्दा उनको मृत्यु भएको उनले जानकारी दिए ।

बिहान  करिव १० बजेको समयमा विद्यालयमा पानी ल्याउनको लागि पानी जोड्न इन्द्रगौडा बजार भन्दा माथी पट्टी खोल्सामा रहेको मुहान पुगेका बेलामा उनलाइ माथीबाट आएको ढुङ्गाले लागेको थियो ।

उनका अनुसार मृतक अर्यालले राम्रो सँग कान पनि सुन्न नसक्ने तथ बोल्न नसक्ने थिए । उनी नेपाल राष्ट्रिय सर्बोदय माबिमा कार्यालय सहयोगीको रुपमा काम गर्दै आएका थिए । उनका २ भाइ छोरा, एक छोरी, आमा र श्रीमती रहेका छन ।

सिद्धेश्वर गुफामा मोटरबाटो पुर्‍याउने लक्ष्यका साथ प्रयोग गरीएको डोजरले पल्टाएको ढुङ्गाले लाग्दा उनको मृत्यु भएको वडाध्यक्ष खरेलले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ