arrow

डोटीमा यूरिया मल अभाव, कृषकलाई पिरलो

logo
गणेश मौनी,
प्रकाशित २०७४ कार्तिक २० सोमबार
doti.png

डोटी । गहुँ र तोरीको सिजनमा डोटीका कृषकहरूले यूरिया मल पाएका छैनन् । क्षेत्रीय कृषि सामाग्री कम्पनी लिमिटेड धनगढीको समन्वयमा भैरहवाबाट डोटीका लागि भनेर साउन महिनामा विभिन्न किसिमका ६ सय ४० क्वीन्टल मलको माग गरिएकामा गोदाम घरसम्म जानसक्ने बाटोको व्यवस्था नहुदा केही मल फिर्ता भएको थियो ।

अहिलो दोश्रो पल्ट डोटीमा मल नआउदा यूरिया मलको चरम अभाव भएको हो । कृषि सामग्री कम्पनी लीमिटेड उपशाखा कार्यालय दिपायल डोटीका प्रमुख कुम्भराज जोशीले दिएको जानकारी अनुसार हाल कार्यालयमा डिएपी नामक मल १७ टन, पोटास नामक मल १२ टन जति मौज्दात रहेको भएपपनि यूरिया मल करिब दुई सातादेखि सकिएको छ ।

उनले भने, ‘यो सिजनमा किसानहरुलाई यूरिया मलको आवश्यकता हो । तर, हामीसँग छैन । हामीले क्षेत्रीय कृषि सामाग्री कम्पनी लिमीटेडको कार्यालय धनगढीमा समन्वय गर्दा सुदुरपश्चिम भरी कुनै जिल्लामा नभएकाले केही दिनमा क्षेत्रीय कृषि सामाग्री कम्पनी लिमीटेड भैरहवा बाट आउने गर्दछ । डोटीमा मल पुग्न कति दिन लाग्छ भन्ने अहिले सम्म केही यकिन हुन सकेको छैन ।’

हिउँदे खेतीको सिजनमा मल नपाउँदा किसान यो साल पोहोर परार भन्दा उत्पादन घट्ने चिन्तामा छन् । गहुँ खेतीका लागि अझै समय भए पनि तोरी छर्न ढिलो भएको, –मल लिन दिपायल कार्यालय पुगेका स्थानिय बासी किसान गौरी बिकले गुनासो गरे ।

लामो समय देखि मलको माग बढे पनि कृषि सामग्री कम्पनी लिमिटेड दिपायल र क्षेत्रीय कृषि सामग्री कम्पनी धनगढीले माग अनुसारको मल उपलब्ध गराउन नसकेको किसाहरुको आरोप छ ।
एकसाता भित्र सबै किसानका लागि आवश्यकता अनुसारको मल उपलब्ध गराउने कृषि सामग्री कम्पनी लिमिटेड दिपायलका प्रमुख जोशीले बताए  । डोटीमा मात्र नभई यहाँका अन्य जिल्लाहरुमा मलको अभाव देखिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ