arrow

‘मधेश र मधेशीलाई गाली गरेर सच्चा राष्ट्रवादी होइँदैन’: बालकृष्ण खाँड

logo
प्रकाशित २०७४ कार्तिक २० सोमबार
balkrishna.JPG

काठमाडौँ । नेपाली काँग्रेसका नेता एवं पार्टीका केन्द्रीय प्रचारप्रसार समितिका संयोजक बालकृष्ण खाँडले मधेश र मधेशी जनतालाई गाली गरेर सच्चा राष्ट्रवाद नठहरिने बरु यसबाट राष्ट्रिय एकता कमजोर हुने बताएका छन् ।  

प्रजातन्त्रवादी प्राध्यापक संघले सोमबार यहाँ आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले काँग्रेसका कार्यकर्ता तथा मतदाता मतदान केन्द्रसम्म नजाने र मतपत्र पनि बदर हुने स्थिति धेरै भएकाले सबै मतदातालाई मतदान केन्द्रसम्म जान प्रेरित गर्न कार्यकर्तालाई आग्रह गरे।

नेपाल संस्कृत विश्वविद्यालय प्राध्यापक संघका पूर्व अध्यक्ष शान्तिकृष्ण अधिकारीले आगामी चुनावमा काँग्रेसलाई जिताउन सबै कार्यकर्ता एक भएर लाग्नुपर्नेमा जोड दिए  ।

प्राध्यापक उद्धव सिग्देल र प्रजातन्त्रवादी प्राध्यापक संघका अध्यक्ष जगत् तिमिल्सिनाले देशमा परिवर्तन ल्याउने जिम्मेवारी काँग्रेसका युवाको काँधमा आएको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ