arrow

वाम गठबन्धनले बागी उम्मेदवारी दिने तीन जनाको पाता फर्कायो

logo
प्रकाशित २०७४ कार्तिक २० सोमबार
saptari-district.png

राजविराज । पार्टी एवं वाम गठबन्धनका निर्णय विपरीत उम्मेदवारी दिएको र उम्मेदवारी दिनेको प्रस्तावक एंव समर्थकमा बसेका तीन जनालाई एमाले सप्तरीले कार्वाही गरेको छ ।

कार्वाही हुनेमा सप्तरी क्षेत्र नं १ प्रदेश सभा सदस्य ‘क’ को निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध मनोनयन दर्ता गराउने कञ्चनरुप नगरपालिका–७ धर्मपुरका प्रकाश खतिवडा तथा बागी उम्मेदवारको प्रस्तावक एंव समर्थकमा बस्ने कञ्चनरुप नगरपालिका–१२ का अनिल पोखरेल र कञ्चनरुप नगरपालिका–६ का मोहम्द मुस्तफा मियाँलाई पार्टीको सदस्यता समाप्त हुने गरी कार्वाही गरिएको एमाले सप्तरीले जनाएको छ ।

पार्टीको हित र प्रतिष्ठामा आँच पुर्‍याउने तथा पार्टीका विरुद्ध शत्रुतापूर्ण गतिविधि गरेकाले जिल्ला समिति सचिवालयको बैठकबाट पार्टी विद्यानको धारा ५ को ‘घ’ तथा धारा ४९ बमोजिम पार्टीको सदस्यता समाप्त हुने गरी कार्वाही गरिएको जिल्ला अध्यक्ष गोविन्द न्यौपानेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

उनीहरु अब पार्टीको कुनै पनि पद र साधारण सदस्यमा समेत नरहेको सो पार्टीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ