arrow

सुशासन र जनतामा समृद्धिका लागि राजनीति लक्ष्य बनाउनुपर्छ : पौडेल

logo
प्रकाशित २०७४ कार्तिक २० सोमबार
poudel-tanahu.jpg

तनहुँ । नेपाली कांगेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले सुशासन र जनतामा समृद्धिका लागि राजनीति लक्ष्य बनाउनु पर्ने बताएका छन् । सोमबार नेपाली कांग्रेस तनहुँ निर्वाचन क्षेत्र नम्बर एकको निर्वाचन सम्पर्क कार्यालयको उदघाटन  गर्दै पौडेलले भने,  'मुलुकको सुशासन र जनतामा समृद्धिका लागि राजनीति लक्ष्य हो । मुलुकको सुशासन मुलुकको प्रधानमन्त्रीले सुरु गर्नुपर्छ । सवैभन्दा ठुलो समस्या नेपालमा सुशासन हो । त्यसैले अब मुलुकको सुशासन अभियान प्रधानमन्त्रीले सुरु गर्नुपर्छ । आजसम्म म लोकतन्त्रका लागि लडाई लडेको छु । संघीय लोकतान्त्रीक गणतन्त्रको संविधान जारी भएको छ । यसको संस्थागत विकास गर्न जरुरी छ । अब समतामुलक समाज बनाउनका लागि मेरो राजनीति अभियान हो । '

उनले पार्टी कर्यकर्ताहरुलाई कहिले विभेद नगरेको भन्दै भने,  'मैले कहिल्यै पनि पार्टीका साथीहरुलाई विभेद गरिन । अहिले पनि तनहुँबाट प्रस्तुत भएका उम्मेदवार तनहुँमा छ । सवै साथीहरुलाई मैले न्याय गरेको छु । नेपालको राजनीतिप्रति जनतामा देखिएको निराशालाई कमी गर्दै राजनीतिलाई सम्मानित बनाउने अभियान मैले सुरुवात गरेको छु । नेपालको राजनीतिमा देखिएका कमी कमजोरीप्रति आम जनतासंग क्षमा माग्दै अब मुलुकलाई नयाँ युगमा प्रवेश गराउने छु ।'
 
चार नम्बर प्रदेशमा गिरिजाप्रसाद स्वास्थ्य बिज्ञान प्रतिष्ठान बनाउने कामको सुरुवात भएको र तनहुँमा गुणस्तरिय शिक्षा, स्वास्थ्य र रोजगारीको अवसर सृजना गर्ने भन्दै पौडेलले  भने, '२०४८ सालमा तनहुँको क्षेत्र नम्बर १ बाट चुनावी अभियानमा भनेको थिए , गाँउमा बसौ बसौ लाग्ने बनाउछु भनेको थिए । गुणस्तरिय शिक्षा, स्वास्थ्य र रोजगारीको अवसर सृजना गर्छौ । चार नम्बर प्रदेशमा गिरिजाप्रसाद स्वास्थ्य बिज्ञान प्रतिष्ठान बनाउने कामको सुरुवात भइसकेको छ । बन्दीपुरमा यो अस्पताल बन्नेछ । गुणस्तरिय शिक्षामा पनि तनहुँ अगाडि बढ्दैछ । मंहगो शिक्षा होइन सामान्य खर्चले गुणस्तरिय शिक्षाको दिलाउने छौ ।'

उनले भने' कृषि क्रान्ति, पर्यटनको विकास र जलस्रोतको विकास गरेर रोजगारीका अवसर सृजना लक्ष्य छ । अहिले तनहुँको खैरनीमा कृषि जोन प्रधानमन्त्री कृषि आधुनिक परियोजना अन्तरगत सुरु हुँदैछ । छिम्केश्वरीलाई पर्यटनको लक्ष्य मेरो छ । व्यास परासर पर्यटन गुरुयोजनाले यो लक्ष्य पुरा हुनेछ । व्यास परासर पर्यटन गुरुयोजना सुरु भएको छ । अर्को तनहुँ हाइड्रो सुरु भएको छ । अर्को तल्लो सेती आयोजना समेत सुरु भइसकेको छ । यो संगै रसायनीक मल कारखाना खोल्ने मेरो योजना छ । यसले तनहुँको मात्र होइन मुलुकको आर्थिक विकासमा सहयोगी हुनेछ । म यो जिल्लामा मात्र होइन मेची देखि महाकाली सम्म कांग्रेसका उम्मेदवारहरुको पक्ष प्रचारका लागि जानुपर्छ । यो मेरो निर्वाचन क्षेत्र यही तनहुँका साथीहरुलाई जिम्मामा छोडेर म मेची महाकालीमा कांग्रेसको प्रचारमा जानेछु ।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ