arrow

काँग्रेस प्रवेश गरेका विनाविभागीय मन्त्री श्रेष्ठलाई पशु विकास मन्त्रालयको जिम्मा

logo
प्रकाशित २०७४ कार्तिक २० सोमबार
shambhu_sharestha.jpg

काठमाडौं । केही दिन अघि मात्रै माओवादी केन्द्रबाट नेपाली काँग्रेसमा प्रवेश गरेका विना विभागीय मन्त्री शम्भुलाल श्रेष्ठलाई पशु विकास मन्त्रालयको जिम्मा दिईएको छ । प्रधानमन्त्री कार्यालयका अनुसार उनलाई मंगलबार पद हस्तान्तरण गरिने भएको हो । 

नेकपा एमालेका पूर्व अध्यक्ष झलनाथ खनाललाई संसदीय निर्वाचनमा पराजीत गरेका माओवादी नेता शम्भुलाल श्रेष्ठ नेपाली गत कात्तिक १४ गते काँग्रेसमा प्रवेश गरेका थिए । सर्लाहीबाट २०७० सालको निर्वाचनमा झलनाथ खनाललाई हराउने श्रेष्ठको जिम्मेवारी माओवादीका मन्त्रीहरुलार्इ विना विभागीय बनाउने क्रममा खोसिएको थियो । तर, काँग्रेसमा प्रवेश गरेसँगै उनले मन्त्रालयको जिम्मा पाएका हुन् । 

सो मन्त्रालयको जिम्मेवारी अहिले प्रधानमन्त्री शेर बहादुर देउवाले नै लिँदै आएका थिए । उनलार्इ म‌गलबार एक कार्यक्रमका बीच जिम्मेवारी हस्तान्तरण गरिने भएको छ । उनले सर्लाही क्षेत्र नं १ बाट एमाले नेता खनाललाई झण्डै सात सय मतान्तरले पराजीत गराएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ