arrow

प्रचण्ड महिलाको मत तान्दै : भने–संविधान कार्यान्वयनमा महिलाको भूमिका महत्वपूर्ण छ

logo
प्रकाशित २०७४ कार्तिक २० सोमबार
prachnd_g_n.jpg

रत्ननगर । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संविधान कार्यान्वयनको अन्तिम घडी आइपुगेकाले अहिलेको समयमा महिलाको भूमिका महत्वपूर्ण रहेको बताएका छन् ।

भरतपुरमा संयुक्त वाम गठबन्धनमा आवद्ध अगुवा महिलासँगको छलफलमा उनले महिलाको आन्दोलन र अधिकारका लागि पनि निर्वाचन महत्वपूर्ण रहेको बताउँदै आफ्नो अधिकार स्थापित गर्न पनि महिला जुट्नुपर्नेमा जोड दिए । बाम गठबन्धन चुनावका लागि मात्र नभई पार्टी एकताका लागि भएको हो भन्दै उनले गठबन्धनका उम्मेदवारलाई जिताउन महिलाको भूमिका ठूलो हुने बताए ।

छलफलका क्रममा महिलाले प्रत्यक्ष निर्वाचनमा महिलालाई कम सिट दिएको विषयमा प्रश्न राखेका थिए । महिलाको जिज्ञासाको उत्तर दिँदै अध्यक्ष दाहालले समानुपातिक तथा मनोनयनमा भए पनि संविधानअनुसार अधिकार दिइने आश्वासन दिए ।

अध्यक्ष दाहालले महिलाको प्रतिनिधित्वका बारेमा सबै व्यवस्थापन हुने आश्वासन दिएको संयुक्त वाम गठबन्धन निर्वाचन परिचालन कमिटीका सदस्य संगीता भट्टराईले जानकारी दिए । उनका अनुसार यही कात्तिक २३ गते जिल्लमाा महिलाको बृहत् भेलाको आयोजना गरिएको छ । यही कात्तिक १६ गते उम्मेदवारी दिएपछि चुनावी प्रचार अभियानमा लागेका दाहाल सोमबार पहिलो चरणको चुनावी अभियान सकेर राजधानी फर्किएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ