arrow

तरकारी चोकमा सवारी दुर्घटना, एकको मृत्यु, शव बेवारिसे

logo
प्रकाशित २०७४ कार्तिक २१ मंगलबार
accident-final.jpeg

रत्ननगर । पूर्वी चितवनको खैरहनी नगरपालिका वडा नं १ स्थित तरकारी चोकमा सवारी साधनको ठक्करबाट एकजनाको मृत्यु भएको छ । 

सोमबार राति गम्भीर घाइते अवस्थामा सडकमै भेटिएका अन्दाजी ५५ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, चितवनले जनाएको छ । प्रहरीका अनुसार उनलाई राति घाइते अवस्थामा फेला परेर उद्धार गरिएको थियो । 

उनको उपचारका लागि भरतपुरतर्फ लैजाँदै गर्दा मृत्यु भएको र अहिले शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ । 

उनको साथमा साइकल र एउटा हेल्मेट फेला परेकाले साइकल यात्री भएको अनुमान गरिए पनि अरु कुनै प्रमाण फेला पार्न नसकिएकाले घटनाको अनुसन्धान भइरहेको जिप्रका चितवनले जनाएको छ । 

उनको पहिचानसमेत खुल्न नसकेको चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिए । गाडी या मोटरसाइकल केले ठक्कर दिएको हो भन्नेसमेत पहिचान हुन सकेको छैन । 

यता रत्ननगरमा एकजना मजदुर नवलकिशोर पासाङले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ