arrow

कञ्चनपुरमा एनपी र रमेश सँगै मत माग्न हिडेपछि काँग्रेस कार्यकर्ता उत्साहित, विपक्षी क्याम्पमा खैलावैला 

logo
प्रकाशित २०७४ कार्तिक २१ मंगलबार
ramesh-np-saud.jpg

कञ्चनपुर। नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम पूर्व मन्त्रीद्वय एन.पी. साउद र रमेश लेखक कञ्चनपुरमा कांग्रेसको पुरानो सान यथावत राख्न कस्सिएका छन। उनीहरु सँगै मत माग्न हिडेपछि कार्यकर्ताहरु उत्साहित भएका छन् भने विपक्षीको क्याम्पमा खैलावैला शुरु भएको छ। 

कञ्चनपुरको विकास र समृद्धीका पर्यायका रुपमा रहेका यी दुई केन्द्रीय नेता एक अर्कालाई सँगै कुम जोडाएर मत मागन् हिडेपछि त्यसको प्रभाव समग्र प्रदेश ७मा पनि पर्न थालेको छ। 

गत निर्वाचनमा कञ्चनपुर जिल्लाका चारवटा क्षेत्रमा नै नेपाली  काँग्रेसले बिजय गरेकाले यसपाली पनि पुरानो आधारलाई कायम राख्न नेता द्वय अन्तिम कसरतमा जुटेका छन।

आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन नजिकिए सङ्गै कञ्चनपुर काँग्रेसले आफ्नो चुनाबी प्रचार प्रसार कार्यक्रमलाई तीब्रता दिएको छ।

 कार्यक्रम अनुसार पहिलो चरणमा जिल्लाका ३ वटै निर्वाचन क्षेत्रका विभिन्न ठाउमा संयुक्त चुनाबी आमसभा गरि नेता एन.पी. साउद र रमेश लेखक लगायत प्रतिनिधि सभा तथा प्रदेश सभाका सम्पुर्ण उम्मेदवारहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

प्रत्येक उम्मेदवारहरुले आ आफ्नो निर्वाचन क्षेत्रमा चुनावी प्रचार प्रसारलाई तीब्रता दिनेछन।

पहिलो चरणको संयुक्त चुनाबी सभाको कार्यक्रम अन्तर्गत हिजो कंचनपुर क्षेत्र नम्बर - १ को बेलडाडी, पुनर्बास र बेलौरीमा कार्यक्रम सम्पन्न भैसकेको छ।

क्षेत्र नम्बर -२ को कृष्णपुरमा मंगलवार बिहान ९ बजे, झलारीमा दिउँसो १२ बजे र बेदकोटमा दिउँसो ३ बजे आमसभा कार्यक्रम रहेको छ। त्यस्तै बुधबार कञ्चनपुर क्षेत्र नम्बर - ३ अन्तर्गत बिहान ९ बजे हल्दुखाल, दिउँसो १२ बजे मझगाउ एयरर्पोट नजिक र दिउँसो ३ बजे  महाकाली नगरपालिकाको दोधारा चादनी प्राथमिक स्वास्थ्य केन्द्रमा संयुक्त आमसभा हुनेछन।

सोमबार सम्पन्न आमसभामा बोल्दै नेता एन.पी.साउद र रमेश लेखकले आफुभित्र कुनै किसिमको द्वन्द र मतभेद नरहेको हुँदा काँग्रेसलाई कमजोर बनाउन बिपक्षीहरुले २ जनाबिच द्वन्द रहेको भन्ने निराधार हल्ला चलाएकोले त्यसको पछि नलागी काँग्रेस जिताउन सम्पुर्ण कार्यकर्या एकढिक्का भएर लाग्न समेत निर्देशन दिए। 

एउटै मंचबाट बोल्दै नेताद्वयले बिगतमा पनि कंचनपुरको बिकास र समृद्धिको लागि  २ जना सँगै अगाडि बढेको र भोलीका दिनमा पनि सँगै अगाडि बढने प्रतिबद्धता समेत जाहेर गरे ।

नेताद्वय लगायत सम्पुर्ण प्रतिनिधि सभा र प्रदेश सभाका उम्मेदवारहरुले एउटै मन्चबाट सम्बोधन गरेपछी कचनपुर कांग्रेसका नेता तथा कार्यकर्ता बीचमा निकै उत्साह छाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ