arrow

प्रचण्डकै अगाडी पुराना कम्युनिष्ट नेता धनकाजीले गरे अमिक शेरचनमाथि आक्रमण

logo
प्रकाशित २०७४ कार्तिक २१ मंगलबार
pmprachandadahal.jpeg

चितवन। प्रचण्डको चुनावी कार्यक्रममा एक पुराना कम्युनिष्ट नेताले माओवादीका अर्का पुराना नेता अमिक शेरचनमाथि आक्रमण गरेका छन्। 

चुनावी सभाको क्रममा प्रचण्डसहित चनौली बजारमा पुगेका पूर्व उपप्रधानमन्त्री तथा माओवादी केन्द्रका नेता अमिक शेरचनमाथि सोमबार आक्रमण भएको छ । 

चनौली निवासी पुराना कम्युनिस्ट नेता धनकाजी गुरुङले शेरचनलाई प्रचण्डकै सामुन्ने कठालो समातेर घोक्र्याएका हुन् ।

४८ बर्षअघीको एक लेनदेनको प्रसङगमा गुरुङले शेरचनलाई आक्रमण गरेका हुन्। 

 २०२६ सालमा ‘इन्टरनेशनल पब्लिकेशन प्रा.लि.’ खोल्नका लागि शेरचनले गुरुङबाट २० हजार रुपैयाँ नगद लिएको तर अहिले सम्म संस्था पनि नखोलेको र  रकम पनि फिर्ता नगरेपछि उनले गाउँमा आएका शेरचनलाई आक्रमण गरेका थिए। 

पटक–पटक आफ्नो रकम फिर्ता गर्न दबाव दिंदै आए पनि शेरचनले नगरेको उनको आरोप 

माओवादी महासचिव रामवहादुर थापा बादलसम्म उजुरी पुगेको, शेरचनले भेट्नसम्म नमानेको कारण चुनावको अवसरमा चनौली आएको बेला समात्न बाध्य भएको गुरुङले बताएका छन् ।

सोमबर विहान १० बजे सो घटना भएपछि गुरुङलाई चनौली प्रहरीले पक्राउ गरेको थियो । सो सम्बन्धमा चितवनका डीएसपी शिव शर्मा आचार्यले घटनलाई सामान्य भएको बताए ।

गुरुङलाई पक्राउ पुर्जी नदिएको र बदनाम हुने डरले घटना गुपचुप राख्न खोजेको पीडित गुरुङले बताएका छन् । 

प्रहरी चौकीमा गुरुङलाई भेट्न स्थानीय माओवादी नेताहरु शारदानगरका सुरेन्द्र गुरुङ र दिव्यनगरका ज्ञानप्रसाद पुगेका थिए ।

घटनापछि चितवन बामगठबन्धनका संयोजकसमेत रहेका शेरचन लज्जित देखिएका छन्। कतिपयले प्रचण्ड सहितको टोलीमा रहेका शेरचन माथि भएको आक्रमणलाई प्रचण्ड माथिकै आक्रमणको रुपमा पनि लिएका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ