arrow

रामेछापको वेथानमा माओवादीमा विद्रोह, माओवादीका सांसदले सकेनन् कार्यक्रम गर्न

logo
प्रकाशित २०७४ कार्तिक २१ मंगलबार
CPN-maoist.jpg.jpeg

रामेछाप। पूर्वको रोल्पा भनेर चिनिने रामेछापको वेथान माओवादी शसस्त्र संघर्ष शुरु भएदेखिनै हिंसाको चपेटामा पर्यो। 

२०५३ पुष १९ गते माओवादीले वेथानमा प्हरी चौकी आक्रमण गरेका थिए। त्यो माओवादीले आक्रमण गरेको चौथो चौकी थियो। त्यसक्रममा ३ जना माओवादी मारिएका थिए। 

त्यसयता माओवादीकै प्रभाव रहिआएको सुनापति गाउँपालिकाको वेथानमा शसस्त्र संघर्षका क्रममा त्यहाँ प्रसासनको उपस्थिति देखिन गाह्रो थियो।

माओवादीहरु संघर्षमा जानुअघी जनमोर्चाको प्रभाव क्षेत्र रहेको वेथानमा अहिले माओवादीकै लागि चुनावी कार्यक्रम गर्न सक्ने असहज हुने अवस्था बनेको छ। 

यहि क्षेत्रबाट निर्वाचित माओवादीका निवर्तमान सांसद तथा विनाविभागि राज्यमन्त्री श्यामकुमार श्रेष्ठ " कुशल" दलवल सहित चुनावी अभियानका क्रममा वेथान पुगेका थिए। 

तर उनलाई माओवादीकै कार्यकर्ता र हालै माओवादी छोडेकाहरुले कार्यक्रम गर्न अवरोध पुर्‍याइरहे। स्थानिय सुमदायले विकास निर्माणको बजेटमा कमिसन खाने श्यामकुमारहरुलाई कार्यक्रम गर्न नदिने अडान दिनभर लिइरहे। 

नभन्दै सुनापती गाउँपालिकामा माओवादी गठवन्धनका तर्फबाट कार्यक्रम हुन सकेन। 

स्थानिय गुम्वाको लागि छुट्याइएको रकममा पनि वदमासी गरेको, सडक विद्यालयको काममा पनि कमिसन खाएर काम नगरेको आरोप लगाएर स्थानियहरुले माओवादी उमेद्वारलाई घेरेका थिए। 

बाम गठबन्धन बनेसँगै असन्तुष्टि जनाउँदै आएका रामेछाप माओवादीको ठूलो हिस्सा नेपाली काँग्रेसमा प्रवेश गरेसागै पूर्वकै रोल्पा भनेर चिनिने रामेछापको वेथानमा माओवादीलाई गाह्रो भएको हो। 

जनयुद्ध कालमा समेत माओवादीको किल्ला मानिएको वेथान, खाँडादेवी र सैबुका गाउँका सयौं माओवादी नेता तथा कार्यकर्ताहरु हालै नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । 

स्थानिय अगुवाहरु नवीन कुमार लामा, सनतबहादुर तामाङ आदी, शेर बहादुर तामाङ र  कलाम सिंह तामाङको नेतृत्वमा वेथान गाउँका २ सय ५६ जना काँग्रेसमा प्रवेश गरेपछि यो पटक स्थानिय राजनीतिमा पासा पल्टिने धेरैको आँकलन छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ