arrow

हरुवाचरुवा बालबालिकालाई छात्रवृत्ति वितरण

logo
प्रकाशित २०७४ कार्तिक २१ मंगलबार
children.jpeg

लहान । हरुवाचरुवाका बालबालिकालाई सिरहाको लहान नगरपालिकामा सोमबार छात्रवृत्ति वितरण गरिएको छ । 

हरुवाचरुवाका क्षेत्रमा काम गर्दै आइरहेको दलित संरक्षण अभियान मञ्चले दलित समुदायअन्तर्गत मुसहर र चमार जातिका विद्यार्थीलाई प्रतिविद्यार्थी  एक हजारको दरले छात्रवृत्तिस्वरुप शैक्षिक सामग्री वितरण गरेको कार्यक्रम संयोजक सूर्यनारायण रामले जानकारी दिए । 

लहान नगरपालिका १३ र १४ टोल बस्तीपुरस्थित सरस्वती आधारभूत विद्यालयमा अध्ययनरत मुसहर र राम समुदायका ७५ बालबालिकालाई कापीकलम, कटर, इरेजर र विद्यालय पोशाक वितरण गरिएको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ