arrow

बेल्जियमका न्यायाधीशको निर्णयप्रति स्पेनको समर्थन

logo
प्रकाशित २०७४ कार्तिक २१ मंगलबार
spain3.jpg

म्याड्रिड ।  स्पेनको क्याटलोनियाका पुर्व नेताहरुका बारेमा बेल्जियमका न्यायाधीशले आइतबार गरेको निर्णयलाई स्पेनको सरकारले सम्मान गर्ने जनाएको छ । 

बेल्जियमको सरकारले कारलस पुज्डमोन सहित अरु चार जनालाई कुनै अनुमतिबिना बेल्जियम छाड्न नपाउने र आफ्नो बसोबासबारे विस्तृत जानकारी गराउनुपर्ने निर्णय गरेको थियो । 
उनीहरुलाई स्वदेश फिर्ता गराउनका लागि अदालती प्रक्रिया सुरु भइरहेको पनि अदालतले जनाएको छ । 

राज्यद्रोह र विद्रोहको मुद्दा लगाएर उनीहरुलाई जेल सजाँय दिनु पर्ने स्पेनको अदालतको निर्णय आएको केहीदिनपछि बेल्जियमका न्यायाधीशले यस्तो निर्णय सुनाएका हुन् । एकजना स्पेनी न्यायाधीशले युरोपेली पक्राउ आदेश जारी गरेपछि ती नेताहरुले बेल्जियम प्रहरीसमक्ष आइतबार आत्मसमर्पण गरेका थिए । 

स्पेन सरकारले क्याटलोनियामा प्रत्यक्ष शासन लागु गरेपछि त्यहाँका नेताहरु गतहप्ता भागेर बेल्जियम पुगेका थिए । हालै क्याटलोनियाको संसद्ले उक्त क्षेत्र स्पेनबाट स्वतन्त्र भएको घोषणा गरेपछि स्पेनको केन्द्रीय सरकारले त्यहाँ प्रत्यक्ष शासन लागू गरेको थियो । 

केन्द्र सरकारले क्षेत्रीय संसद् र सरकार विघटन गर्दै निर्धारित समयअगावै डिसेम्बर २१ मा क्याटलोनियामा चुनाव गर्ने घोषणा गरेको छ । सिन्ह्वा
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ