arrow

शान्तीका लागि एक भए सलमान- कट्रिना, यस्तो छ ‘टाइगर जिन्दा हे’ को ट्रेलर

logo
प्रकाशित २०७४ कार्तिक २१ मंगलबार
salman-katrina-7591.jpg

एजेन्सी। सलमान खानको चलचित्र ‘टाइगर जिन्दा हे’ को ट्रेलर सार्वजनिक भएको छ ।  ट्रेलरमा सलमान खान र कट्रिना कैफको  निकै राम्रो एक्शन हेर्न पाइनेछ ।  ट्रेलरमा सलमानको मात्र नभएर कट्रिनाको पनि एक्शन देख्न पाइनेछ ।

 चलचित्रमा  सलमान भारतीय रअ को इजेन्ट बनेका  छन् भने कट्रिना  पाकिस्तानी एजेन्ट रहेकि छन् । यी दुवैको एकै लक्ष शन्ति ल्याउनु हो  । त्यसैले दुवै मिलेर आफ्नो लक्षमा जान्छन् ।  ट्रेलरमा दमदार एक्शन बाहेक डाइलग्स पनि रहेको छ । ट्रेलरको अन्त्यमा सलमान भन्छन् , ‘ उसमान यदि तमा दम छ भने मलाई रोकेर देखा ।’

‘टाइगर जिन्दा हे’ चलचित्र 'एक था टाइगर' को सिक्वेल हो । सलमान र कट्रिनाको जोडि पाँच बर्षपछि पर्दामा आएको हो । चलचित्र २२ डिसेम्बरमा  रिलीज हुदैछ ।  ‘टाइगर’ चलचित्रको तेस्रो सिरिज पनि बन्ने चर्चा चलेको छ । भारतीय सञ्चारमाध्यमका अनुसार आदित्य चोपडा र सलमान खानले टाइगर चलचित्रको सिक्वेललाई अगाडि लैजाने निर्यण गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ