arrow

वैद्य भन्छन्–सर्वहारा वर्गको नेतृत्वमा क्रान्ति अझै सम्भव छ

logo
प्रकाशित २०७४ कार्तिक २१ मंगलबार
mohan-vaidhya.jpeg

काठमाडौँ । क्रान्तिकारी माओवादी अध्यक्ष मोहन वैद्यले नेपालमा सर्वहारा वर्गको नेतृत्वमा क्रान्ति सम्भव रहेको बताएका छन् ।

अक्टोबर क्रान्तिको शतवार्षिकीका अवसरमा प्रेस विज्ञप्ति जारी गर्दै अध्यक्ष वैद्यले मार्क्सवाद–लेनिनवाद–माओवादको पथप्रदर्शनमा क्रान्तिको तयारीको दिशामा गम्भीरतापूर्वक तथा प्रभावकारी रुपमा अगाडि बढ्न अनुरोध गरेका छन् ।

रुसमा लेनिनको नेतृत्वको पार्टीद्वारा सय वर्ष अघि १९१७ नोभेम्बर ७ गते ‘अक्टोबरमा क्रान्ति भए पनि पात्रो परिवर्तन भएको’अर्थात् आजकै दिन समाजवादी क्रान्ति सम्पन्न भएको थियो । विज्ञप्तिमा भनिएको छ, “मार्क्सले पेरिस कम्युनका सन्दर्भमा भनेझैँ अक्टोबर क्रान्तिका सिद्धान्त शाश्वत र अविनाशी छन्, जबसम्म विश्व सर्वहारा वर्ग र उत्पीडित मानव जातिको मुक्ति हुँदैन, तबसम्म अक्टोबर क्रान्तिका सिद्धान्त बारम्बार प्रकट भइरहने छन् ।”

साम्यवादको अहिलेको पराजय अस्थायी तथा क्षणिक भएको तथा साम्राज्यवाद गम्भीर संकटमा फसिरहेको जिकिर विज्ञप्तिमा गरिएको छ । अक्टोबर क्रान्तिको शतवार्षिकी समारोह मनाउनाको सार्थकता र वास्तविक मूल्य साम्राज्यवाद तथा विस्तारवादसहित सबै खाले प्रतिक्रियावाद र दक्षिणपन्थी संशोधनवादका विरुद्ध लड्नुरहेको नेता वैद्यले जोड दिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ