arrow

गोरखामा माओवादी उम्मेदवारबाट पेस्तोल बरामद

logo
प्रकाशित २०७४ कार्तिक २१ मंगलबार
maoist_flag1.jpeg

गोरखा । माओवादी केन्द्रकी समानुपातिक उम्मेदवार सुशीला सिम्खडा चढेको मोटरसाइकलबाट मंगलबार प्रहरीले पेस्तोलसहित ३ राउण्ड गोली बरामद गरेको छ ।

भिमसेन गाउँपालिका–३, धावामा सवारी चेक गर्दा बा ७३ प ३३८६ नम्बरको मोटरसाइलमा ९–एमएम पेस्तोल र तीन थान गोली भेटिएको जिल्ला प्रहरी प्रमुख एसपी प्रकाश अधिकारीले बताए । 

सिम्खडा प्रतिनिधिसभाको समानुपातिक तर्फकी उम्मेदवार हुन् । मोटरसाइकलमा ल्याइएको झोलामा हतियार भेटिएको प्रहरीले जनाएको छ । चालक भने फरार भएको अधिकारीले बताए ।

मोटरसाइकल चालक भिमसेन–४ कै गुणप्रसाद खनाल भएको प्रहरीले जनाएको छ । ‘ उम्मेदवारसँग सोधपुक्ष गर्दै छौं,’ उनले भने, ‘ फरारको पनि खोजि हुँदैछ ।’

काठमाडौंबाट हतियारसहित उम्मेदवार बोकेर युवक आएको सुरक्षा अधिकारीहरुले दाबी गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ