arrow

बागलुङका उम्मेदवार मतदाता रिझाउन घरदैलो देखी खेतबारीसम्म

logo
नारायण रिजाल,
प्रकाशित २०७४ कार्तिक २१ मंगलबार
Prakash_Paudel.jpg

बागलुङ । आगामी मंसिर १० गते हुन गइरहेको प्रतिनिधी तथा प्रदेश सभा निर्वाचनको मिति नजिँकिएसँगै यहाँका उम्मेदवारहरु अहिले मतदाताका घरदैलोमा आफ्ना चुनावी अभियान सँगै व्यस्त देखिन्छन । उनिहरुले आफ्नो पक्षमा मतदाताहरुलाई प्रभाव पार्ने खालका प्रचार शैली अपनाउन थालेका छन । बाम र प्रजातान्त्रिक गठबन्धनका विचमा हुने चुनावी प्रतिष्पर्धामा कस्ले बाजी मार्ला अहिल्यै अनुमान गर्न भने सकिदैन । यद्यपी एमाले, राजमो र माओबादी केन्द्रको मिलेर बामपन्थी प्यानल खडा गरेका छन भने नेपाली काँग्रेसलाई राप्रपाले साथ दिने भएपछि चुनाव कस्को कोल्टामा जाँला भन्ने कुरा महत्वका साथ हेरिएको छ ।

बाम गठबन्धनका उम्मेद्वाहरुले चुनावी अभियान समुहगत रुपमा विभिन्न ठाउँमा गरिरहेका छन  । नेपाली काँग्रेसले पनि चुनावी प्रचार अभियानलाई गाउँ— गाउँ र विभिन्न भातृ तथा सुभेच्छुक संगठन परिचालन समिति गठन गरी चुनावी प्रचारलाई तीव्रता दिएका छन । प्राय सवैजसो दलका उम्मेदवारहरुले आफ्ना घोषणा पत्र तयार गरी मतदाताका घरदैलोमा पुगिरहेका छन । विभिन्न उम्मेदवारहरु चुनावी झण्डा लिएर गाउँ घरमा पुग्दा मतदाता भने आफ्नो खेतीपातीमा नै काम गर्दै देखिन्छन ।

उम्मेदवारहरु खेतबारीमा नै पुगेर उनिहरुले मतदातालाई सघाउँदै चुनावी प्रचार गरेका छन ।  कात्तिक महिना अन्नबाली भित्र्याउने भएको हुनाले खेत बारीमा पनि चुनावी चर्चा नहुने होइन, हुन्छ नै । किनकी उम्मेदवारमा पनि खेत बारीमा पुग्ने गर्छन । काम गरिरहेका स्थानीयसँग नमस्कार ठोक्छन अनि भोट माग्छन, नभए एकैछिन भएपनि पाखुरो साट्छन । खासगरी केही उम्मेदवारहरु मतदाताहरुलाई घरमा नभेटे खेत बारीमा भेट्छन । त्यही भेटेर भोट माग्ने औपचारीकता पुरा गर्छन । प्रायः यहाँका सवै स्थानीयहरुलाई खेतीपाती स्याहार्न भ्याइ नभ्याई छ । खेतमा धान पाकेको छ । बारीमा कोदो । घरमा दाँई हाल्ने चटारो पनि उस्तै छ ।

 यही समयमा निर्वाचनको चर्चा परिचर्चा भन्दा पनि खेतीपातीको चिन्ता बढि छ । चुनावको कार्यतालिका र घोषणापत्र सार्वजनिक गरी चुनावी कार्यक्रम गर्न उम्मेदवारहरु पनि घरदैलौ र खेत, बारी सवै ठाउँमा पुग्ने गरेको देखिन्छ । बागलुङमामा काँग्रेसका उम्मेदवार क्षेत्र नं. १ को प्रतिनिधि सभा तर्फ सहकारी तथा गरिबी निवारण मन्त्री चम्पा देवी खड्का, क्षेत्र नं. २ मा पुर्व सांसद नरबहादुर पुन निरज रहेका छन भने बामपन्थि गठबन्धनको तर्फबाट एमालेका डाक्टर सुर्य पाठक र माओबाद केन्द्रका देवेन्द्र पौडेल रहेका छन । त्यसै गरी क्षेत्र नं. १ प्रदेश १ मा काँग्रेसको तर्फबाट,पार्टि सभापति दिपेन्द्र बहादुर थापा प्रदेश २ बाट निवर्तमान सांसद प्रकाश शर्मा पौडेल रहेका छन  भने बामपन्थीको तर्फबाट एमालेका ईन्द्रलाल सापकोटा र राजमोका कृष्ण थापा रहेका छन ।

क्षेत्र नं. २ को प्रदेश १ का काँग्रेसका युवा नेता मञ्जेशबम मल्ल रहेका छन भने प्रदेश २ मा जित शेरचन रहेका छन बापन्थीगठबन्धनको तर्फबाट, माओबादीका चन्द्र बहादुर बुढा सागर र राजमोका टेकबहादुर घर्ति रहेका छन ।  जिल्लामा मुख्य गरी बाम गठबन्धन र नेपाली काँग्रेस विचनै प्रतिस्पर्धा देखिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ