arrow

बैचारिक रुपमा दह्रा दाहाल र ब्यापारी गुरुङबीच ओखलढुगां 'क' मा प्रतिष्पर्धा हुने

logo
प्रकाशित २०७४ कार्तिक २१ मंगलबार
mitrasen.jpg

ओखलढुंगा। आगामी मंसिर १० मा हुने प्रदेश सभाको निर्वाचनमा ओखलढुंगा क्षेत्र नम्बर 'क' मा बैचारिक र व्यापारिक लडाइ हुने भएको छ । निर्वाचन क्षेत्र क अन्तर्गत नेपाली कांग्रेसका पुराना नेता एवं समाजसेवी मित्रसेन दाहाल र वाम गठबन्धनका तर्फबाट व्यापारी घरानाका अम्बिरबाबु गुरुङबीच कडा प्रतिष्पर्धा हुने भएको हो ।

 जिवनको करिव ४० बर्षसम्म निरन्तर पार्टीमा लागेर राजनीतिमा स्थापित भैसकेका दाहाल समाजसेवामा पनि उत्तिकै क्रीयाशिल व्यक्ति हुन् । गठबन्धनका तर्फबाट उम्मेदवार बनेका गुरुङ एक बर्ष अघिसम्म विदेशमा व्यापार गरेर बस्ने एक कुशल व्यापारी हुन् । महासचिव इश्वर पोखरेलका निकट मानिने उनि एमाले जिल्ला पार्टीका लागानी कर्ता भएकै कारण यस पटक पोखरेलले टीकट दिएर चुनाव लड्न पठाएको एमाले जिल्लातहका शिर्षस्त नेताहरु बताउछन् ।

 पार्टी भित्र मौलाउदै गएको व्यापारीक प्रबृतिलाई चिर्न नसके अवको केही बर्ष भित्र राजनीतिक व्यक्तिहरु पलायन हुँदै जाने र राजनीतिमा चरम व्यापारीकरण बढ्ने खतराको संकेत देखापरेको एमालेका नेताहरुले बताएका छन् । रातो पासपोर्ट व्यवसाय काण्ड देखि ग्रिन कार्ड होल्डर समेत रहेका गुरुङलाई पल्टाउन कांग्रेस नेता दाहाललाई पनि उत्ति सजिलो  नभएको कार्यकर्ताहरुको बुझाइ छ । अहिलेको परिवेशमा दुर्गमका विपन्नहरुलाई बैचारिक कुरा भन्दा पनि पौसाकै खाचो हुने प्रबृतिको विकास हुँदै गएको नेपाली कांग्रेसका एक नेताले बताए ।

दाहालले पनि आफ्नो श्रोतलाई सहिढंगले परिचालन गरेर त्यसको सदुपयोग भएको खण्डमा सहज रुपमा चुनाव जित्ने अवस्था देखिएको आम कार्यकर्ताहरु बताउछन् । पार्टीको आन्तरिक चुनावका दशौं महाधिवेशन देखिनै पहिलो मत ल्याएर महासमित सदस्य बन्दै आएका दाहालले काठमाडौंमा बसेर पनि ओखलढुंगाका २ हजार भन्दा बढी जेहेन्दार विद्यार्थीहरु लाई छात्राबृति दिएर पढ्न सहयोग गरेका छन भने सयौ ओखलढुंगेहरुको स्वास्थ्य उपचारकासंगै रोजगारीका अवसरहरु समेत जुटाइदिएर सहयोग गरेका छन् ।

 दाहालका प्रतिष्पर्धि गुरुङले अहिले आएर गाउँगाउँका आमा समूह, युवा समूह,उपभोक्ता समिति लगायत लाई पैसा बाड्दै चुनावी कार्यक्रममा दौडिरहेका छन् । यसरी हेर्दा राजनीतिक दल र नेताहरुले पछिल्लो राजनीतिक संस्कार लाई व्यवसायिक्ता तिर मोड्दै लगेको स्पष्ट देखिन्छ । आगामी चुनावमा यी दुइ नेताहरु लाई आम मतदाताले कसरी छनौट गर्छन भन्ने कुराले अवको राजनीतिक चरित्रलाइ निर्धारण गर्ने राजनीतिक विश्लेषकहरु बताउछन् ।  

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ