arrow

नुवाकोटे जनतालाई साम्यवादको हावाले छुँदैन : जगदीश्वरनरसिंह केसी

logo
प्रकाशित २०७४ कार्तिक २१ मंगलबार
gerkhu.jpg

विदुर । नेपाली काँग्रेस नुवाकोटका सभापति एवं प्रतिनिधीसभा २, प्रदेशसभा १ का उम्मेदवार जगदीश्वरनरसिंह केसीले वामगठवन्धनको नाममा ल्याउन खोजिएको साम्यवादको हावाले नुवाकोटका लोकतन्त्रवादीहरुलाई कुनै असर नपर्ने धारणा व्यक्त गरेका छन् । निर्वाचनमा पराजयका डरले गरिएको गठवन्धन लोकतन्त्रमाथिनै प्रहार गर्ने उद्धेश्यवाट पे्ररित भएकाले लोकतन्त्रको रक्षाका लागि सबै जिम्मेवाररुपवाट लाग्नुपर्ने समेत नेता केसीको भनाई थियो ।

मंगलवार विदुर नगरपालिका १० को गेर्खुटार र ११ को गेर्खु गाविस भवनमा आयोजित छुट्टाछुट्टै कार्यक्रममा काँग्रेस युवा नेता केसीले नुवाकोटको विकासमा वामपन्थीहरुको कुनै योगदान नरहेकाले विकासप्रेमी जनताको मत काँग्रेसकै पक्षमा आउने दावी गरे । जनतालाई समस्या पर्दा अत्तोपत्तो नहुने र चुनावको वेलामात्र जनताकहाँ आउनेहरु जनमत परीक्षणमा स्वतः कमजोर हुने वताउँदै नेता केसीले जनताको मत लिन जनताको मन पनि जित्नसक्नुपर्ने वताए ।

नेपाली काँग्रेसको नेतृत्वमा नुवाकोटको समृद्धकिा लागि उल्लेख्य प्रारुप तयार भइृसकेको वताउँदै नेता केसीले हिजो त्यही विकासक्रम भङ्गगर्नेहरु संग घाँटी जोडेर एमालेले आफ्नो वास्तविक चरीत्र उदाङ्गो वनाएको दावी गरे । प्रदेशसभा उम्मेदवार केसीले विगतमा आफूलाई लोकतन्त्रवादी भनाएर जनताको मत पाउँदै आएको एमाले अहिले वास्तविक स्वरुपमा आएका कारण हिजो अल्मलिएका हरुपनि अव लोकतान्त्रिक धारमै आउने विश्वास समेत व्यक्त गरे ।

यसअघि काँग्रेस साभपति केसीले विभिन्न पार्टी परित्याग गरी काँग्रेस प्रवेश गर्ने विदुर १० का युवाहरुलाई पार्टीमा स्वागत गरेका थिए । यसरी प्रवेश गर्नेहरुमा अर्जुन मिजार,ज्ञानुमाया तमाङ,अकलबहादुर तमाङ,विजयी लामिछाने,सरीता मगराती,रामबावु पाण्डे लगायत ३५ जना रहेको काँग्रेस नेता उपेन्द्र बुढाथोकीले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ