arrow

साम्यवादको जामा भिरेर लोकतन्त्रको राग अलाप्न माओवादी र एमालेलाई सुहाउन्नः केसी

logo
प्रकाशित २०७४ कार्तिक २१ मंगलबार
arjun-narsingh-kc-nuwakot.jpg

नुवाकोट । नेपाली काँग्रेसका नेता एवं नुवाकोट प्रतिनिधीसभा २ का उमेदवार अर्जुननरसिंह केसीले अव एमाले र माओवादीले साम्यवादको जामा भिरेर लोकतन्त्रको राग अलाप्नुको कुनै अर्थ नरहेको वताएका छन्।

निर्वाचन प्रचारप्रसार अभियानका क्रममा मंगलवार किस्पाङ गाउँपालिका आइजित विभिन्न सभामा केसीले आफ्नो नीहित स्वार्थका लागि मुलुकलाई साम्यवादको वन्धक वनाउने कम्युनिष्ट सपना कहिल्यै पुरा नहुने दावी गरे ।

निर्वाचन प्रचारप्रसार अभियानका क्रममा मंगलवार किस्पाङ गाउँपालिकास्थित मनकामनाको अर्चले र फिकुरीको कोल्चेतमा केसीले सम्वोधन गरेका थिए। 

कार्यक्रममा केसीले काँग्रेसले नेपालका कम्युनिष्टहरुलाई लोकतन्त्रको मूलप्रवाहमा ल्याएपनि लोकतान्त्रिक वनाउन भने नसकेको वताए । 

लोकतन्त्रलाई संस्थागत गर्दे मूलुकलाई समृद्धिको मार्गमा लैजान सबैवीच सहकार्य आवश्यक रहेपनि कुनै अदृश्य चेतनाको प्रभावमा एमाले र माओवादीले सहकार्य त्यागेर साम्यवादको सपना देख्न थालेको केसीको भनाई थियो ।

केसीले नुवाकोटमा काँग्रेसको नेतृत्वमा भएका विकास प्रयासहरुले यहाँका जनताको समृद्धीको मार्ग पहिल्याईरहेको वताउँदै सुरु भएको विकास अभियानको पूर्णताका लागि पनि काँग्रेसको जीत अपरीहार्य रहेको वताए । 

काँग्रेस लोकतन्त्र स.स्थागत गर्दै त्यस मार्फत समृद्ध नेपाल वनाउन मत मागिरहेको तर कम्युनिष्टहरु सामम्यवाद स्थापनाका लागि भौंतारिईरहेको वताउँदै काँग्रेस केन्द्रीय सदस्य केसीले सपना देख्ने छुट सवैलाई भएपनि लोकतन्त्रमाथी हुने प्रहार भने जनतालाई स्वीकार्य नहुने वताए ।

कार्यक्रममा काँग्रेस केन्द्रीय सदस्य एवं प्रतिनिधीसभातर्फका समानुपातिक उमेदवार बहादुरसिं लामाले विकासको नाममा सिन्को नभाँच्ने नुवाकोटका कम्युनिष्टहरु अहिले ऐजेण्डावीहिन रुपमा निर्वाचनमा उत्रनु लज्जास्पद भएको वताए ।  

विगतमा विनासलिला मच्चाउनेहरु साम्यवादको नाममा अर्को विनासको तयारीमा रहेको र कम्युनिष्टहरु कहिल्यै लोकतान्त्रिक हुन सक्दैनन भन्ने एमालेले प्रमाणित गरेको समेत नेता लामाको भनाई थियो ।

कार्यक्रममा प्रदेशसभा २ का उमेदवार जगतबहादुर तामाङले नुवाकोटका जनजातीहरु लोकतन्त्रमा विश्वास गर्ने भएका कारण काँग्रेसको जीत निश्चित भएको दावी गर्दे अरु पार्टीले जनजाती उत्थानको नारा दिएपनि जनजातीलाई सम्मान गर्ने पार्टी नेपाली काँग्रेस मात्र भएको निर्वाचनको उमेदवारीले समेत स्पष्ट पारेको वताए । 

काँग्रेस क्षेत्रीय सभापति समेत रहेका लामाले जनजातीको चेतनास्तर समेत निकै माथि पुगेको सन्दर्भमा अव झुक्याएर राजनीति गर्ने कम्युनिष्टहरुको दिन समाप्त भएको जिकिर गरे । 

नुवाकोटको २ नं. क्षेत्रमा काँग्रेस नेताहरु अर्जुननरसिंह केसी र बहादुरसिंह लामाले सुरु गरेको विकास अभियानलाई तिव्रता र पूर्णता दिन आफू निरन्तर क्रियाशिल रहने तामाङको भनाई थियो ।

कार्यक्रमहरुमा किस्पाङ गाउँपालिकाका अध्यक्ष छत्रबहादुर लामा,काँग्रेस नेता देवनाथ भट्ट लगायतले जनतामा लोकतन्त्रको अमीट छाप परिसकेको वताउँदै कसैको क्षणिक प्रलापले त्यो छाप मेट्न नसक्ने दावी गरे ।

यसअघि काँग्रस केन्द्रीय सदस्य केसीले एकिकृत माओवादीका किस्पाङ गाउँ सदस्य टोपप्रसाद ढकाल सहित १० जनालाई पार्टीमा स्वागत गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ