arrow

नवराज सिलवालकै छिमेकी पनि आए काँग्रेसमा, कार्यकर्ताको दुख नबुझ्ने पार्टीमा नबस्नु नै ठीक

logo
प्रकाशित २०७४ कार्तिक २१ मंगलबार
lalitpur-congress-pravesh-uday.jpg

ललितपर। नेपाली काँग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धन र बाम गठबन्धनबीच चुनावी प्रतिस्पर्धा व्यापक देखिदैछ। 

बाम गठबन्धनबाट रुष्ट बनेका नेकपा एमाले, माओवादी केन्द्र लगायत राजनैतिक दलका नेता कार्यकर्ताहरु नेपाली कांग्रेसमा प्रवेश गर्ने लहर नै चलेको छ। 

नेपाली काँग्रेसमा प्रवेश गर्ने नेता कार्यकर्ताहरूको लहर बढ्ने क्रमसँगै ललितपुरका विभिन्न स्थानमा पार्टी प्रवेशको लहर देखिएको हो।  

चुनाव प्रचार प्रसारका लागि केन्द्र उपकेन्द्र गठन भइरहँदा उक्त कार्यक्रममा नै पार्टी प्रवेश गर्न आउनेको लाइन लागेको छ। 

ललितपुर क्षेत्र नम्बर एकमा अर्थराज्यमन्त्री उदयशमशेर राणा र नवराज सिलवाल बीच प्रतिस्पर्धा हुँदैछ। 

गत असोज २० गते नेकपा एमालेमा प्रवेश गरेका सिलवाल चुनावी मैदानमा आएपछि रुष्ट भएका त्यसक्षेत्रका प्रभावशाली एमाले नेता नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। 

नेपाल राष्ट्रिय शिक्षक सङ्गठन क्षेत्रीय संयोजक तथा नेकपा एमाले संगठनिक सदस्य रहेका राजेन्द्र चालिसे एमाले पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका हुन्। 

आफ्नो घरमा कहिले पनि नआउने यस भेगका जनताको काम केही नगरेको व्यक्तिलाई टिकट दिएर नेकपा एमालेमा २०४६ सालदेखि दुःख गरेका नेताहरुलाई टिकट नदिएकोमा दुख व्यक्त गरे। 

पच्चीस वर्ष सरकारी जागिर खाएर आएको व्यक्तिलाई टिकट दिएपछि रुष्ट भएर नेपाली कांग्रेसमा प्रवेश गरेको उनले बताए।  

चालिसे नेकपा एमालेको त्यसक्षेत्रका शक्तिशाली नेताका रुपमा चिनिन्थे। उनीसँगै राप्रपा नेपालका पूर्वअध्यक्ष रामकुमार पहरी कमल सचिव विश्वनाथ नेपाल, वामपन्थी नेता धर्मराज थापा, एमाले बडीखेलका संगठित सदस्य राजन थापा, मधुसुधन चालिसे, प्रदिप चालिसे, सविन नगरकोटी, सानुभाई पहरी लगायत नेता-कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका हुन्। 

राती ८ बजे गोदावरी नगरपालिका वडा नम्बर ४ बडिखेलमा प्रतिनिधिसभाका उमेरद्वार अर्थ राज्यमन्त्री उदयशमशेर राणा र प्रदेश सभाका उमेदवार ऋषिराम घिमिरेले बडिखेल स्थित घरमै बोलाएर पार्टी प्रवेश गरेका हुन्। 

उनीहरुलाई नेताद्वयले टिका र फूल चढाई पार्टी प्रवेश गराए। पार्टी प्रवेश गर्ने नेता कार्यकर्ताको घर नवराज सिलवालको घरबाट दुई मिनेटको दुरीमा पर्छ। 

पार्टी प्रवेशले नेकपा एमालेलाई ठूलो धक्का लागेको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ