arrow

कम्युनिष्ट देशको पत्रकार बढाउने रेकर्ड, चीनमा दुई लाख २८ हजार संचारकर्मी

logo
प्रकाशित २०७४ कार्तिक २१ मंगलबार
china-journalist.jpg

बेइजिङ । चीनमा सञ्चारकर्मीको वैधानिक परिचयपत्र लिएका पत्रकारको सङ्ख्या दुई लाख २८ हजार रहेको चीनको प्रेस, प्रकाशन, रेडियो, फिल्म र टेलिभिजन हेर्ने प्रशासन (एसएपीपीआरएफ्टी) ले मङ्गलबार जनाएको छ । 

एसएपीपीआरएफ्टीले जारी एक विज्ञप्तिमा भनिएको छ, “यिमध्ये ८४ हजारले पत्रपत्रिकामा काम गर्ने गर्छन् । त्यस्तै छ हजारले विभिन्न आवधिक प्रकाशनमा काम गर्छन् ।” 
चीनको न्यूज एजेन्सीहरूमा जम्मा दुई हजार ८०० सञ्चारकर्मी रहेका छन् भने एक लाख ३४ हजारले रेडियो, टेलिभिजन र अन्य प्रकाशन गृहमा तथा न्यूज वेवसाइटमा एक हजार १०० सञ्चारकर्मी रहेका एसएपीपीआरएफ्टीले जनाएको छ । 

सञ्चारकर्मीमध्ये ३९ प्रतिशत ३० देखि ४० बर्ष उमेर समूहका पत्रकार रहेका छन् र ३३ प्रतिशत ४० देखि ५० बर्ष उमेर समूहका रहेका बताइएको छ । पुरुष सञ्चारकर्मीको सङ्ख्या ५१ प्रतिशत भन्दा बढी रहेको विज्ञप्तिमा उल्लेख छ । 

चीनले सन् १९३७ यहाँको पत्रकार संगठन स्थापना भएका दिन नोभेम्बर ८ लाई पत्रकार दिवसका रुपमा मनाउने गरेको छ । चीनमा यही बुधबार १८ औँ पत्रकार दिवस मनाउँदैछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ