arrow

फौजदारी अभियोगमा सजाय पाएका माओवादी उम्मेदवारविरुद्ध आयोग मौन 

logo
प्रकाशित २०७४ कार्तिक २२ बुधबार
Election-Commission-hamrakura-3.jpg1.jpeg

काठमाडौं । कांग्रेसबाट बागी उम्मेदवारी दिएका गोविन्दराज जोशीको उम्मेदवारी खारेज गर्न तत्कालै निर्णय लिएको निर्वाचन आयोग त्यस्तै प्रवृतिको अर्को उजुरीमा भने मौनता साँधेको छ । 

सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभाका माओवादी पार्टीबाट उम्मेदवार शिवपूजन रायविरुद्ध जिल्लास्थित निर्वाचन अधिकृतको कार्यालयदेखि आयोगसम्म उजुरी परेको छ । तर, त्यसबारे आयोगले कुनै निर्णय लिएको छैन । 

पहिलो संविधानसभामा सदस्य रहेका राय आफूले पाएको कुटनीतिक राहदानीको दुरुपयोग  गरेको अभियोगमा विशेष अदालतबाट सजाय पाएका व्यक्ति हुन् । उनीविरुद्ध सोही क्षेत्रका स्वतन्त्र उम्मेदवार गणेशकुमार सिंहले जिल्लामा र अर्का स्वतन्त्र उम्मेदवार अनिलकुमार सिंहले कात्तिक १९ गते आयोगमा निवेदन दर्ता गराएका छन् । 

विशेष अदालतले २०७२ साउन २६ गते कुटनीतिक राहदानी ९सरकारी कागजात० सच्याई हेरफेर गरी अनाधिकृत मानिस विदेश पठाई भ्रष्टाचार गरेको फैजदारी अभियागमा रायलाई ४ महिना कैद र १५ हजारको जरीवानाको फैसला गरेको छ । 

उक्त मुद्दा अहिले सर्वोच्चमा विचाराधीन छ । जिल्लाले पनि उक्त उजुरी उपर निर्णय लिने सम्बन्धमा आयागमै पत्राचार गरेको छ । 

पहिलो संविधानसभा तात्कालिन सर्लाही निर्वाचन क्षेत्र नम्बर ६ बाट संघीय समाजवादी फोरमबाट निर्वाचित राय दोस्रो संविधानसभामा तराई मधेस सदभावना पार्टीबाट उम्मेदवार भई पराजित भएका थिए । यतिबेला उनी माओवादीबाट उम्मेदवार बनेका छन् ।

स्रोतले रायको उम्मेदवारी खारेज गर्नुपर्ने र नगर्नुपर्ने दुवै पक्षको दवाबमा आयोग छ । निर्धारित समय भित्र उजुरी नपरेको भन्दै यस मुद्दालाई गम्भीरता पूर्वक नहेरिएको दावी समेत स्रोतले गरेको छ । तर, औपचारिक रुपमा यससम्बन्धम आयोगले केही प्रतिक्रिया दिएको छैन । 

कांग्रेस नेता जोशीजस्तै रायले पनि फौजदारी अभियोगमा विशेष अदालतबाट सजाय पाएको देखिएकाले त्यही अनुसार उनको उम्मेदवारी खारेज हुनपर्ने उजुरीकर्ता सिंहले जिकिर गरे । (कान्तिपुर दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ