arrow

लोकगायक आचार्यले जापानबाट लिएर आए ‘मेरो देशको कथा’ (भिडियोसहित)

logo
प्रकाशित २०७४ कार्तिक २२ बुधबार
yubraj-acharya.JPG

काठमाडौं । रोजगारीको शिलशिलामा जापान पुगेका बरिष्ठ लोकगायक युवराज आचार्यले जापानबाटै ‘मेरो देशको कथा’ नामक गीत लिएर आएका छन् । 

कुनैबेला लोक संगित क्षेत्रकै प्रमुख ताराको रुपमा उदाएका आचार्यले जापानबाटै पनि समय समयमा गीत गाउँदै आएका छन् । 

गत साल नेपालमा आएको बेला रेकर्ड भएको यो गीत केही ढिला गरी बजारमा पठाएका हुन् । 

आचार्य डिजीटल  पोखराको युटुब च्यानल मार्फत बजारमा आएको उक्त गीतमा लय र शब्द भने जापानबाटै यदुराम सापकोटाले बनाएका हुन् । 

गीतमा जापानमै रहेका विष्णु अर्यालको विशेष सहयोग रहेको बताईएको छ। 

युवराज आचार्य हाल लोकदोहोरी प्रतिष्ठान नेपाल जापान शाखाका संयोजक हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ