arrow

प्रचारले मात्रै देश विकास हुँदैन, भारतको नोटबन्दीबाट सिकोस् एमालेले

देश कायापलट हुन्छ भनेको नोटबन्दी र जीएसटीपछि बढ्यो ४५ हजार करोड आयात

logo
प्रकाशित २०७४ कार्तिक २२ बुधबार
note_bandi.jpg

काठमाडौं । नेपालमा नेकपा एमालेले उग्र प्रचारप्रसार गरेर जनताहरुलाई झुक्काउन जति प्रयास गरिरहेको हुन्छ । त्यति नै मात्रामा उसले देश विकासमा गरेको योगदान भने कम रहेको छ । आफूले गरेको सानो कामलाई पनि 'तीललाई पहाड' बनाएर प्रचार गर्ने र अरुले गरेका राम्रा कामलार्इ पनि सकेसम्म नकारात्मक रुपमा टिप्पणी गर्ने र नभए त्यसलार्इ गुपचुप राख्ने स्वभाव नेपालमा एमालेकाे देखिन्छ । त्यस्तै स्वभाव र चरित्र अहिले भारतको सत्तारुढ दल भारतीय जनता पार्टीको पनि देखिन्छ। 

एमाले अहिले पनि २०५१ सालकाे वृद्धभत्ताको एजेण्डा देखाएर चुनावी प्रचारमा जाने गरेको छ । अहिले पनि आफ्नो चुनावी मुद्दामा देखाउन हुने काम गरेको भनेको नाकाबन्दी सामना गरेको र २०५१ सालमा बृद्धभत्ताको व्यवस्था गरेको बाहेक अरु त्यस्तो उल्लेख्य काम केही पनि देखिँदैन । नाकाबन्दीमा नझुकेको विषय पनि कुनै विकल्प दिएर नझुकेको नभर्इ बरु उल्टै कालोबजारीलार्इ पश्रय दिएर जनताले एक छाक खाएर टारेका हुन् नाकाबन्दी। उनीहरुको त्यसैले त राष्ट्रवादको नयाँ मुद्दा झिकेर चुनावी प्रचारमा जानु परिरहेको छ । 

भारतमा पनि भाजपाको त्यस्तै प्रवृत्ति देखिएको छ । ठीक एक वर्ष अघि नोटबन्दी गरेको मोदी सरकारले अब मुलुकमा कायापलट हुने घोषणा गर्यो । त्यतिबेला यति धेरै प्रचारप्रसार गरियो कि मोदीले भारतको इतिहासमा नै यत्ति ठूलो काम गरे जुन अहिलेसम्म कसैले गर्न सकेको थिएन । 

तर, नोटबन्दी पछि चालू आर्थिक वर्षमा भारतले गम्भीर घाटा बेहोरिरहेको देखिएको छ । नोटबन्दीको एक वर्ष पुग्नुभन्दा एक दिन पहिले १० वर्षसम्म प्रधानमन्त्री बनेका काँग्रेस आईका नेता मनमोहन सिंहले चालू आर्थिक वर्षको यो समयसम्मको जीडिपीको बृद्धिदर ५।७ प्रतिशतमा सीमित भएको जनाएका छन् । जुन भारतको वित्त आयोगको प्रतिवेदनले यो वर्ष ७ प्रतिशत पुग्ने अनुमान गरेको थियो । भारतको अप्रिल १ देखि सुरु भएको आर्थिक वर्ष मार्च ३१ तारिकसम्म चल्ने गर्दछ । 

त्यस्तै सिंहले नोटबन्दी र जीएसटी लागू भएपछि मुलुकमा चीनबाट मात्रै ४५ हजार करोड मूल्यको समान बढी आयात गरिएको आरोप लगाएका छन् । पछिल्लो आर्थिक वर्षमा १ करोड ९६ लाख करोड रुपैयाँको सामान आयात भएकोमा चालू आर्थिक वर्षको यो समयमा नै २३ प्रतिशतले बढेर २ करोड ४१ लाख करोड बराबरको सामान आयात भएको बताएका छन् । उनले सरकारको जीएसटी तथा नोटबन्दीका कारण भारतका साना तथा मझौला उद्योगहरुले रोजगारी कटौती गरी चीनबाट सामान ल्याउन थालेको उनको आरोप छ । 

तत्कालीन समयमा र अहिले पनि भारतीय जनता पार्टीले नोटबन्दी र जीएसटीको पक्षमा जस्तासुकै तर्क गर्न पनि पछि पर्दैन । त्यसरी नै नेपालको एमालेले पनि जनताको आँखामा छारो हाल्नको लागि जस्तासुकै झुट र मिथ्या कुरालाई पनि प्रचारको माध्यमबाट सही हो भन्ने भान गराईदिने गरेको छ । यसमा पनि सबैभन्दा बढी त एमालेका अध्यक्ष केपी ओलीमा यस्तो प्रवृत्ति भेटिन्छ । आफूले गरेका सबै गल्तीहरु विर्सिएर आफ्ना विपक्षी जतिलाई राष्ट्रद्रोहीकोसम्म विल्ला भिराउने ओलीको नेकपा एमालेले मात्रै मुलुकमा विकास गर्न सक्छ भन्ने कुरा भारतमा भाजपाले पिटाएको मिथ्या प्रचार भन्दा केही कम छैन । 

भारतको यो तथ्यांक एमालेको लागि यो सावित हुनसक्ला कि मिथ्या कुरा गरेर केही दिन त जनतालाई गुमराहमा राख्न सकिएला । तर, त्यो दीर्घकालको लागि सम्भव छैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ