arrow

जनकपुरमा गर्जिए देउवा,  मधेश हित गर्ने पार्टी काँग्रेस मात्रै हो

logo
प्रकाशित २०७४ कार्तिक २२ बुधबार
deuba-ganeshmanko-batoma.jpeg

जनकपुरधाम । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेस मधेश र मधेशीको हितमा सधैँ वकालत गर्ने दल भएको बताएका छन् । 

नेका जिल्ला कार्यसमिति धनुषाद्वारा जनकपुरधाममा आयोजित कार्यकर्ता भेलामा बोल्दै उनले मधेशका मुद्दा सम्बोधन गर्न संविधान संशोधनका लागि खेल्नुपर्ने अग्रणी भूमिका पनि काँग्रेसको काँधमा रहेको उल्लेख गरे । उनले भने  "सबैको अस्तित्वको सम्मान र रक्षाका लागि काँग्रेस सधैँ संवेदनशील रहेको छ । जनताको अस्तित्वसँग खेलवाड गर्न उद्यत रहेकोप्रति सबै सजग हुनु जरूरी छ । "

जनकपुरधाम र मधेसको विकासका सवालमा कांग्रेस सरकारले विशेष योजना कार्यान्वयन गरेको प्रशंग पनि उनले उल्लेख गरे । उनले भने "बाढीपीडितलाई यथोचित राहत र बाढी समस्याको दीर्घकालीन समाधानका लागि पनि सरकारले योजना अघि सारेको छ ।"

नेकाका पूर्व महामन्त्री विमलेन्द्र निधिले काँग्रेसकै पहल र सक्रियतामा जनकपुरधाममा सडक विस्तार, सडक स्तरोन्नति, मणिमण्डप विकास योजना, पोखरी संरक्षण योजना र राजर्षिजनक विश्वविद्यालय स्थापना विधेयक पारित भएको बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ