arrow

०७० को चुनावमा काठमाडौं उपत्यकामा कुन दलले कति मत ल्याएका थिए (सूची सहित)

logo
सुवास निरौला,
प्रकाशित २०७४ कार्तिक २२ बुधबार
parliament_election_2070.jpg

काठमाडौं । मुलुकमा मिश्रित प्रणालीबाट पहिलो पटक प्रदेश सभा तथा प्रतिनिधि सभाको निर्वाचन एकै पटक हुँदैछ । मुलुक निर्वाचनको स‌ंघारमा पुगिसकेको समय लोकतान्त्रिक गठन्धन र वाम गठवन्धनको रुपमा मुलुको राजनीति शक्ति २ भागमा बिभाजन भएको देखिन्छ । मुलुकको राजनीतिक शक्ति २ भागमा विभाजन हुनु र भरखरै सम्पन्न भएको स्थानीय तहको निर्वाचनबाट उदाएका फरक शक्तिको रुपमा रहेका विवेकशील नेपाली दल र नयाँ साझा पार्टीको एकीकरणपछि बनेको विवेकशील साझा दलको उपस्थिती समेतले काठमाडौंमा चुनावी माहोल झनै वेग्लै किसिमले अघि बढेको छ । 

देशकै वढी जनसङख्या र निर्वाचन क्षेत्र रहेको काठमाडौंको निर्वाचन तर्फ आम नेपालीको ध्यान केन्दित हुन थालेको छ । २०७० सालमा भएको दोस्रो संविधान सभा निर्वाचनमा १० मध्ये ७ स्थान जितेको लोकतान्त्रिक गठवन्धनको ठुलो दल नेपाली काँग्रेस आफ्नो इतिहासलाई जीवन्त राख्न चाहन्छ भने प्रमुख २ दल सहित गठवन्धन गरेको वाम गठवन्धन काँग्रेसको विरासत तोड्ने ध्याउन्नमा छ। उता फरक शक्तिमा उदाएका पार्टीहरुले पनि आफ्नो पार्टीलाई राष्ट्रिय मान्यता प्रदान गर्नको लागि केही सम्भावना रहेको ठाउँ नै काठमाडौंलार्इ मानेका छन् । 

करिव २० वर्ष पछि भएको स्थानीयतहको निर्वाचनमा फरक शक्तिका दुर्इ दलले आफुलाई ठुलो पार्टीको रुपमा लिने दललाई समेत पछि पारेको अवस्थामा दुवै गठवन्धन फरक शक्तिसँग सचेत रहेको बताउँदै आएका छन् । नेपाली राजनीतिक इतिहास र वर्तमानमा समेत नेपाली राजनीतिक केन्द्रका व्यक्तिहरुको चुनावी अभियान हेरी रहेका जनता भने फरक फरक चुनावी परिणामको अनुमान गरेर बसेका छन् । तर परिणाम जस्तो आए पनि यस पटकको चुनावी मत परिणाम भने पहिलो र दोस्रो संविधान सभा निर्वाचन एवम स्तानिय तहको निर्वाचन भन्दा फरक हुनेमा भने कसैको दुई मत देखिदैन । 

मुलुकको पुन संरचना पछि हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वानमा काठमाडौंमा हुने राजनीतिक दलको उपस्थितीले आगामी राजनीतिमा समेत प्रत्यक्ष असर पार्न सक्दछ । त्यसैले पनि २०७० सालमा काठमाडौंमा नेपाली राजनीतिक दलको अवस्था कस्तो थियो भन्ने विषयले समेत आगामी मंसिरमा हुने निर्वाचनको केही हदसम्म आकलन गर्न सहयोग पुग्ने देखिन्छ ।

१० निर्वाचन क्षेत्र रहेको काठमाडौंमा नेपाली कांग्रेसले ७ तथा एमालेले ३ स्थान चुनाव जितेको थियो । यिनै राजनीतिक दल अहिले लोकतान्त्रिक र वाम गठवन्धनको रुपमा चुनावी मैदानमा होमिएका छन् । २०६४ सालको संविधानसभा निर्वाचनमा पहिलो शक्तिको रुपमा स्थापित माओवादीको दोस्रो संविधान सभामा तेस्रो शक्तिका रुपमा खुम्चनु र पहिलो संविधान सभामा न्युन उपस्थिती जनाएको राप्रपाले दोस्रो निर्वाचनमा उल्लेख्य उपस्थिती जनाउनाले समेत आगामी निर्वाचनमा वाम र लोकतान्त्रिकको खेल अझ रोमान्चक बनाएको छ ।

२०७० सालको दोस्रो संविधानसभाको निर्वाचनमा काठमाडौंको क्षेत्र नम्वर १, २, ४, ५, ६, ८, ९ र १० मा काँग्रेसले जितेको थियो । जसमध्ये पनि माओवादीका अध्यक्ष प्रचण्ड नै काठमाडौं १० बाट पराजीत भएका थिए भने काठमाडौं क्षेत्र नं २ मा एमालेका माधव कुमार नेपालले क्षेत्र छाडेपछि त्यहाँ काँग्रेसका दिपक कुईँकेलले चुनाव जितेका थिए । 

यसरी उपनिर्वाचन पछि काठमाडौंका १० मध्ये ८ क्षेत्रमा काँग्रेसले चुनाव जितेको थियो । अब यो निर्वाचनमा काँग्रेसले यो विरासत जोगाउन सक्ला कि नसक्ला त्यो भने हेर्न बाँकी नै छ । 

त्यस्तै, ललितपुर जिल्लामा पनि रहेका ३ निर्वाचन क्षेत्र मध्ये तीन वटै क्षेत्रमा काँग्रेसका उम्मेदवार विजयी भएका थिए । भने भक्तपुरमा रहेका दुर्इ क्षेत्र मध्ये एउटा क्षेत्रमा काँग्रेस र अर्को क्षेत्रमा नेपाल मजदुर किसान पार्टीका उम्मेदवार विजयी भएका थिए ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ