arrow

डा.महतलाई सघाउन भन्दै न्यौपानेले लिए उम्मेदवारी फिर्ता

logo
प्रकाशित २०७४ कार्तिक २२ बुधबार
prakash-sharan-mahat.jpg.jpeg

काठमाडौं । आगामी मंसिर २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा काठमाडौँ क्षेत्र नं ५ बाट नेपाली काँग्रेस बिपीवादीका तर्फबाट प्रदेश सभामा उम्मेदवारी दिएका अशोक न्यौपानेले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।  

सो क्षेत्रमा नेपाली काँग्रेसका तर्फबाट प्रतिनिधि सभामा उम्मेदबार डा.प्रकाशशरण महतलाई सघाउने भन्दै उनले उम्मेदवारी फिर्ता लिएको जानकारी बुधबार एक विज्ञप्ति प्रकाशन गरेर दिएका छन् ।

उनले डा.महतको विशेष अनुरोधमा प्रतिनिधि सभामा उनलाई सघाउन आफूले उम्मेदवारी फिर्ता लिएको र आफू डा.महतलाई जिताउन लाग्ने पनि सो विज्ञप्तिमा जनाएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ