arrow

नेपालमा मल्लकालमा पनि गरिएको थियो निर्वाचनको अभ्यास

logo
प्रकाशित २०७४ कार्तिक २२ बुधबार
Historicl_kathmandu.jpg

काठमाडौं । यस कालका बारेमा लिखित स्रोत अप्राप्य भए तापनि लिच्छविहरुको उदय हुनुपूर्व किराँतहरुले शासन गरेको विषयलाई इतिहासकारहरुले सत्य मानेका छन् । किराँत कालभन्दा अगाडिका भनी उल्लेख गरिएका राजवंशलाई भने काल्पनिक मानिएको छ। ती राजवंशका बारेमा प्रमाणिक ऐतिहासिक सामग्री अप्राप्य हुँदा तिनको निराकरण गर्ने कुनै पनि आधार छैन । यसर्थ तिनलाई पौराणिक काल भनी मानिएको छ। 

केही वंशावलीहरुमा साधारण रुपमा उल्लेख हुन बाहेक अरु विवरण भने अप्राप्य नै छन् । तर किराँत कालका बारेमा भने वंशावलीमा अनेक जानकारी पाइन्छ । त्यस्ता विवरणहरुमा मुख्यतया: शासकहरुका नामावली मुख्य मुख्य छन्। यसैगरी लिच्छवि अभिलेखहरुमा किराँती विशेषता झल्काउने अनेकौ शब्दहरु परेकाले सो कालको ऐतिहासिकतालाई ब्याख्या गर्न सजिलो भएको छ । हुन त वंशावलीहरुमा उल्लेखित जानकारी त्यति भरपर्दा छैनन् । तर किराँत कालको ऐतिहासिक पुष्टि बलियो आधार लिच्छवि अभिलेखहरुमा पाइएका छन् । यस बाहेक किराँतहरुका विषयमा साहित्यिक अलि बढी नै चर्चा गरेको पाइन्छ । गोपालराज वंशावलीमा प्रारम्भका राजाहरुको नामावली उल्लेख भएको छ।, तर ती सवै काल्पनिक हुन भनी मानिएको छ । जस्लाई पुष्टिगर्ने अन्य ऐतिहासिक आधार छैन ।

किराँत कालको आरम्भदेखि नै काठमाडौं उपत्यकामा साना ब्यवस्थित खालका बस्ती बस्न थालेको आभास हुन्छ । किराँत सभ्यता मुख्य रुपमा ग्रामीण सभ्यता थियो । तर पछि नगरसभ्यता विकसित हुदैँ गयो । यस कालको प्रमुख विशेषता सामाजिक सदभाव र सभ्यताप्रतिको मोह नै थियो भन्ने इतिहासकारको मत छ । बाह्य विपत्ति, आपसी  झैँ झगडा तथा अन्य विभिन्न समस्याबाट सुरक्षित रहन आपसमा संगठित भएर रहने अवस्था आयो ।  यसरी बस्दा आफू मध्येबाटै योग्य र शारीरिक रुपमा पनि सक्षम, हतियार निपुर्ण सचेत व्यक्तिलाई आफ्नो नेताको रुपमा चयन गर्ने चलन चलेको अनुमान गरिएको छ।  यसरी नेता चयन गर्दा निश्चित समयको लागि गर्ने र तत्पश्चात् अर्को सक्षम ब्यक्तिलाई चयन गरिन्थ्यो भन्ने अनुमान गरिएको छ । यही प्रचलन पछि गएर किराँत कालमा नै राजतन्त्रको रुपमा विकसित भएको मानिएको छ । ई.पू. आठौँ शताब्दीदेखी ई.पू. दोस्रो शताव्दीको समय किराँतकाल भनिएको छ । 

तत्कालिन समयमा लिच्छवि ,शाक्य, मल्ल, विदेह, आदि राज्यहरुमा  लोकतान्त्रिक ढाँचाको शासन व्यबस्था भएको हुँदा उपत्यकाको किराँत राज्यमा पनि लोकतान्त्रिक शासन व्यबस्था हुनुमा अत्याधिक बल पुग्दछ । आर्य समुदायमा विद्यमान वर्गीय र जातीय विभेद किराँतीहरुमा थिएन भनी अनुमान गरिएको छ । छिमेकमा राजतन्त्रात्मक व्यबस्था हुनुको कारण किराँतीहरुमा पनि त्यसको प्रभाव परेको हुन सक्छ । यद्यपि यसले किरातहरुको सामाजिक संरचनामा प्रभाव नपरेको अनुमान गरिएको छ । किराँती राजाहरुका बारेमा गोपालराज वंशावली तथा राइटको वंशावलीमा पनि उल्लेख गरिएको छ । किराँतकालको अन्तिम समयसम्ममा आर्थिक सामाजिक ,राजनीतिक, प्रशासनिक क्षेत्रमा विकास भएको कुरा लिच्छवि कालहरुका अभिलेखहरुमा प्रयुक्त स्थान नाम विशेष शव्दावली,कार्यालयको नाम, करसँग सम्वन्धित आयोत्तर भाषाका शब्दावलीको प्रयोगले प्रमाणित गरेका छन् ।

लिच्छवि काल पूर्व चलेका कतिपय व्यवस्थाहरु लिच्छवि कालमा पनि यथावत रुपमा चलेको पाइन्छ। लिच्छवि अभिलेखहरुमा प्रयुक्त शब्दहरु किराती भाषाका भएका र त्यस्तो शब्दले जनाउने कार्यलय, प्रशासन, कर प्रणाली आदिबाट प्रशासनको विकास र अवस्थालाई बुझ्न सकिन्छ । तर किराँत काल माथी प्रकाश पार्ने अरु सामग्रीको अभावले गर्दा यसको बारेमा विस्तृत ब्याख्या गर्न सक्ने स्थिती छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ