arrow

विश्वका दुई अर्थतन्त्रका शक्तिशाली राष्ट्रहरु अमेरिका र चीनका प्रमुखबीच कस्तो सम्झौता ?

logo
प्रकाशित २०७४ कार्तिक २२ बुधबार
trump-xi-jinping2.jpg

बेइजिङ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विश्वको शक्ति सम्पन्न राष्ट्र चीन भ्रमणलाई महत्वपूर्ण घटनाका रुपमा विश्वले हेरिरहेको छ ।

राष्ट्रपति ट्रम्प बुधबार चीन पुगेका छन् । उनी बुधबार अपराह्न चीनको राजधानी बेइजिङ पुगेका हुन् । 

चीन विश्वको दोस्रो ठूलो अर्थतन्त्र हो । त्यस्तै संयुक्त राज्य अमेरिका विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र हो । 

यस हिसाबबाट पनि क्षेत्रीय तथा विश्व अर्थतन्त्रमा यी दुई देशले गर्ने सम्झौताहरुको ठूलो प्रभाव रहने छ ।

अमेरिकी राष्ट्रपतिको यो एसिया भ्रमणको मुद्दा विशेषगरी उत्तर कोरियाको आणविक कार्यक्रम बनेको छ । 

चीन उत्तर कोरियाको एक प्रमुख सहयोगी राष्ट्र पनि हो । यस कारण पनि यी दुई देशका राष्ट्रपतिको वार्तालाप र उत्तर कोरियाका बारेमा उनीहरुले लिने नीतिले विश्व राजनीतिमा ठूलो अर्थ राख्ने विश्लेषकहरुको भनाई छ ।

चीनको राजकीय भ्रमणका क्रममा राष्ट्रपति ट्रम्प दक्षिण कोरियाबाट चीन पुगेका हुन् । उनले एसियाका पाँच देशको १२ दिने भ्रमणका गत आइतबार जापानबाट थालेका थिए । 

गत जनवरीमा उनी अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएपछि पहिलो पटक चीन भ्रमणमा आएका हुन् । 

दुई हप्तामात्र अघि चीनमा सम्पन्न चिनियाँ कम्युनिष्ट पार्टीको १९ औँ महाधिवेशनपछि चीन भ्रमण गर्ने राष्ट्रपति ट्रम्प नै पहिलो विदेशी राष्ट्रपति हुन् । 

उनको यो तीन दिने राजकीय भ्रमण भएको चिनियाँ सञ्चारमाध्यमहरुले जनाएका छन् । 

चिनियाँ राष्ट्रपति सि चिनफिङ र राष्ट्रपति ट्रम्पबीच चीनमा विशेष वार्ता हुनेछ । यद्यपि यो वार्ता उनीहरुबीच पहिलो पटक भने होइन ।

उनीहरुबीच यो तेस्रो पटक भेटवार्ता हुने भएको हो । उनीहरुबीच गत अप्रिल महिनामा फ्लोरिडामा भेटवार्ता भएको थियो । त्यसैगरी गत जुलाई मा जि२० को सम्मेलनका क्रममा ह्याम्बर्गमा भेट भएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ