arrow

निर्वाचनबारे आमसञ्चार अनुगमनको जिम्मा प्रेस काउन्सिललाई

logo
प्रकाशित २०७४ कार्तिक २३ बिहिबार
press-council.jpg.jpeg

काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष बनाउन लागि सञ्चारजगत्बाट बलियो सहयोग प्राप्त भइरहेको बताएका छन् ।  

नेपाल पत्रकार महासंघका कावा अध्यक्ष विपुल पोखरेलको नेतृत्वमा आएको टोलीसँगको कुराकानीमा उनले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न निर्वाचन तोकिएकै समयमा गर्न आयोगले आफ्नो तयारीलाई तीव्र बनाएको बताए ।  

महासंघ टोलीको भनाइप्रति आफ्नो धारणा राख्दै प्रमुख डा यादवले निर्वाचन हाम्रो हो, यसमा महासंघको के योगदान हुन सक्छ भनेर जुन जिज्ञासा राख्नुभयो, यसले निर्वाचनप्रतिको कर्तव्य सबैको हो भन्ने प्रमाणित भएको छ भने । 

उनले आमसञ्चार अनुगमनको जिम्मा यसपटक पनि प्रेस काउन्सिल नेपाललाई दिइएको जानकारी पनि दिए । 

महासंघ टोलीले मंसिर १० र २१ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई सफल बनाउन आयोगले खेलेको भूमिकाको प्रशंसा गर्दै महासंघले निर्वाचनलाई सफल बनाउन पूर्ण सहयोग गर्ने विश्वास दिलाएको छ । 

आयोगका आयुक्त नरेन्द्र दाहालले निर्वाचनको वातावरण निर्माण गर्न सञ्चार क्षेत्रले पुर्याएको योगदानको प्रशंसा गर्दै निर्वाचनमा महासंघजस्तो संस्थाको योगदान महत्वपूर्ण हुने विश्वास व्यक्त गरे ।  

टोलीमा महासचिव रमेश विष्ट, सचिवद्वय रेम विश्वकर्मा र रामप्रसाद दाहाल, कोषाध्यक्ष राजेश मिश्रलागयत सहभागी थिए । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ