arrow

एमाले–माओवादीको एकता झुठको खेती, मतदाता झुक्याउने खेलो, माओवादीकै नेताले खोले रहस्य

logo
प्रकाशित २०७४ कार्तिक २३ बिहिबार
bishwabhakta-dulal-maoist.JPG

काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकताका लागि अहिलेसम्म कुनै पनि पहल नभएको खुलेको छ । 

माओवादी केन्द्रका सचिवालय सदस्य विश्वभक्त दुलालले राजधानीमा एक टेलिभिजन अन्तर्वार्ताका क्रममा एमाले र माओवादीबीच पार्टी एकताका लागि अहिलेसम्म पहल नभएको खुलासा गरेका हुन् । 

उनले स्पष्टै प्रतिप्रश्न गर्दै भनेका छन् –पार्टी एकताका लागि माओवादी केन्द्रको कुनचाहीं बैठकले निर्णय गर्यो ? एमालेको कुन बैठकले निर्णय गर्यो ?’

नेता दुलालले माओवादीको औपचारिक रुपमा कुनै पनि बैठकले निर्णय गरेको छैन भने । 

उनले एमाले र माओवादीबीच चुनावी गठबन्धन हुनु ठीक भएको बताए ।

कम्युनिष्ट शक्तिको निर्णायक गठबन्धनले नै गणतन्त्र आएको बताउँदै उनले आफैले ल्याएको गणतन्त्र कार्यान्वयन आपैm गर्छौं भनेर गठबन्धन हुनु राम्रो कुरा भएको पनि बताए । 

नेता दुलालले एमाले र माओवादीबारे भने ‘०४४ सालदेखि एमालेले माओवादी धारलाई गाली गर्दै आएको छ, माओवादीले पनि एमालेको धारलाई गाली गर्दै आएको छ, वैचारिक रुपमा ठूला पहाड खडा भएका छन् दुई दलबीच । पार्टी एकताको सन्दर्भमा धेरै छलफल हुन बाँकी छ ।’ 

दुलालले थपे, ‘माथिल्लो स्तरमा बसेका नेताहरुको निरंकुशताको परिणाम हो यो एकताको । कार्यकर्ताको अपमान भयो । ३० औं वर्षदेखि कार्यकर्तालाई अर्कै पाठ पढाउने तर अहिले कार्यकर्तालाई बेइमान गर्ने ?’

उनले जनतालाई के जवाफ दिने भन्दै नेतृत्वतहप्रति आक्रोश पोखे । 


 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ