arrow

'सबै खेलमा हार्ने सेटिङ'

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार

काठमाडौं । महानगरीय प्रहरी परिसर, काठमाडौंको हिरासतकक्षमा रहेका थुनुवाको भिडबाट एक जना जुरुक्क उठे र दुवै हात सतर्क पोजिसनमा राखेर तनक्क तन्किँदै भने– जयनेपाल सर !

नागरिक दैनिकमा केपी ढुंगाना लेख्छन्–उनीसँगै अन्य चार जना पनि उभिए तर उनले झैं अभिवादन गरेनन् । एआइजी विज्ञानराज शर्मालाई त्यसरी अभिवादन गर्ने उनी हुन्– खेल–मिलेमतोमा संलग्न आरोपमा पक्राउ परेका गोलरक्षक रितेश थापा । २०५७ मा थ्री–स्टारबाट क्लब फुटबलमा प्रवेश गरेका उनी २०६१ मा प्रहरी क्लबसँग जोडिए असई पदमा ।

अनुशासन तोड्दै पैसाको प्रलोभनमा विदेशी बुकी (खेल–मिलेमतो गराउने एजेन्ट)को निर्देशनअनुसार खेलको नतिजा ल्याएको आरोपमा प्रहरी हिरासतमा रहेका उनले हिरासतमै रहे पनि आफूभन्दा माथिल्लो दर्जाका प्रहरी अधिकारीलाई अभिवादन गर्ने अनुशासन निभाए ।

एआइजी शर्मा सरासर परिसरप्रमुखको कोठातिर लागे । केही प्रहरीले हिरासतकक्षमा रहेका रितेशसँगै नेपाली टोलीका कप्तान सागर थापा, उपकप्तान सन्दीप राई, थ्रीस्टारका पूर्वखेलाडी विकाससिंह क्षेत्री र पूर्वखेलाडी तथा प्रशिक्षक अञ्जन केसीलाई त्यही कोठामा पु¥याए ।

'देशकै बेइज्जत गर्यौं हैन?' २०४४ देखि ०५० सम्म फुटबल राष्ट्रिय टिममा समेत रहेका एआइजी शर्माले भने, 'तिमीहरु आफू मात्र बेचिएनौं, देशलाई समेत बेच्यांै ।'

पाँचै खेलाडी एआइजी शर्माका अगाडि घोसेमुन्टो लगाएर उभिएका थिए । करिब एक घन्टाको कुराकानीमा शर्मासामु सबैले भने, 'गल्ती भयो ।'

कुराकानीमा प्राय सबै खेलाडीले आफूमाथि लागेको आरोप सकारेको एआइजी शर्माले बताए । 'पैसा लिएको सबैले सकारे, उनीहरुले आफूले गरेको कामको अपराधबोध देखे,' उनले नागरिकसँग भने, 'आर्थिक प्रलोभनमा देशको इज्जत नै बेचिसकेपछिको पछुतो के काम ।'

हरेक खेलमा सेटिङ
घटस्थापनादेखिनै अदालत बन्द भएकाले बुधबार पक्राउ परेकालाई प्रहरीले अदालतमा बुझाएर न्यायिक हिरासतमा राख्ने अनुमति लिन सकेन । यद्यपि, परिसरमा दर्ता भएको जाहेरीकै आधारमा उनीहरुलाई हिरासतमै राखेर बिहीबारबाट सन् २००८ यताकाआठवटा अन्तर्राष्ट्रिय खेललाई केन्द्रमा राखेर औपचारिक अनुसन्धान सुरु गरिसकेको छ प्रहरीले ।

काठमाडौं परिसरका प्रवक्ता विश्वराज पोखरेलका अनुसार अदालत खुलेपछि अन्य प्रक्रिया अगाडि बढाउने गरी कार्यालयमा दर्ता भएको जाहेरीका आधारमा अनुसन्धान प्रक्रिया सुरु भइसकेको छ ।

अनुसन्धानमा संलग्न अधिकारीका अनुसार पक्राउ परेका चार जना सहयोगीनै देखिएका छन् । अन्तर्राष्ट्रियस्तरका बुकीसँग मिलेर नेपाली खेलाडीलाई खेलमिलेमतो गराउने प्रमुख सहयोगी देखिएका अञ्जन त्यत्ति खुलेका छैनन् । प्रहरी संगठनका सदस्य समेत रहेका रितेश, कप्तान सागर, सन्दिप र विकाससिंह सबैले प्रारम्भिक बयानमा आफूहरुले पैसा लिएको सकारे ।

खेल–मिलेमतो प्रकरणको अनुसन्धान नेतृत्व गरिरहेको महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले रितेशलाई गैरीधाराबाट नियन्त्रणमा लिएको थियो । महाशाखाका प्रहरी निरीक्षक सुदीप पाठकको टोलीले त्यसपछि निरन्तर अन्य खेलाडीलाई पक्राउ गरेको थियो ।

'पक्राउ परेको दिन उनीहरुले सबै आरोप अस्वीकार गरेका थिए,' अनुसन्धानमा संलग्न महाशाखाका एक अधिकारीले भने, 'उनीहरुको सम्पर्कमा रहेका अन्तर्राष्ट्रिय बुकी र उनीहरुले पैसा बुझेको विवरण खुलाएपछि सबैले सकारे ।'

प्रहरीले रितेश र सागरबाट सबैभन्दा महत्वपूर्ण जानकारी पाएको देखियो । प्रहरी अधिकारीसमक्ष रितेशले दिएको प्रारम्भिक बयानमा उनले बुकीको सम्पर्क हुने प्रक्रियादेखि कुन खेलमा कसले कति पायो भन्ने विवरण खुलाएका छन् ।

'अन्तर्राष्ट्रिय म्याच खेल्न जाँदा हामी बसेको होटलमै भेट्न समूहनै आउँथ्यो,' स्रोतले रितेशको बयान उद्धृत गर्दै भन्यो, 'उनीहरुले नै कुन म्याचको नतिजा के ल्याउने भन्ने निर्देशन दिन्थे र त्यसबापत पकेट खर्च आउँछ भन्थे ।'

अनुसन्धानमा मलेसियामा म्याच फिक्सिङबापत बुकीबाट प्राप्त ९ लाख रुपैयाँ उनी आफैंलेबैंकमा कार्यरत आफन्तमार्फत नेपाल भित्र्याएको पुष्टि भए पनि बुकीसँग आफ्नो सिधा सम्पर्क भने नभएको दाबी गर्दै अञ्जनलाई मुख्य आरोपी बनाएका छन् ।

'रितेशले पैसा लिएको विवरण देखाएपछि मात्रै मलेसियाबाट नेपालमा पैसा पठाएको र यता लिएको सकारेका थिए,' अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले भने, 'त्यो पैसा उनले अञ्जनलाई दिएको भने पनि विश्वस्त आधार दिन सकेका छैनन् ।'

स्रोतका अनुसार रितेशले बंगलादेश,फिलिपिन्स, मलेसिया, नेहरुकप र सन् २००८ को मर्डेकाकपमा भएको सेटिङ खुलाएका छन् । बंगलादेशसँगको म्याच जितेबापत पैसा आउने प्रस्ताव नेपालमै आएको उनले खुलाएका छन् । प्रस्तावबारे यतै टिमका सबै सदस्यसँग छलफल भएको थियो ।

'जित्नुपर्ने प्रस्ताव आएको छ भनेपछि सबै तयार भएका थिए, अञ्जन, सागर, सन्दीपलाई जित्यो भने कति पैसा पाउँछौँ भनेर सोधे,' उनको बयान उद्धृतगर्दै स्रोतले भन्यो, 'बाहिर हल्ला नभए पनि टिमभित्र भने सबैले थाहा पाइसकेका थिए, खेलाडीबीच पैसाको विषयमा विवाद भयो, अञ्जनले पैसा खाएर दिएन भन्ने हल्ला भयो ।'

टिमका सबै खेलाडीले उसलाई सोधेपछि ३ हजार डलर आएको थियो भन्दै अञ्जनले दिएको र आफूले पैसा लिएर टिमका सबै खेलाडीलाई १२ हजार डलरका दरले बाँडेको उनले सकारेका छन् ।

फिलिपिन्ससँगको फ्रेन्ड्ली म्याचमा समेत खेल–मिलेमतो भएको उनले खुलाएका छन् । फिलिपिन्स र मलेसियाको म्याचमा अञ्जन टिममा नपरे पनि बुकीसँग कुरा मिलाउन फिलिपिन्स आएको रितेशको भनाइ छ ।

'फिलिपिन्स र मलेसियासँगको म्याचमा अञ्जन टिममा थिएन तर फिलिपिन्स आयो,' रितेशको बयान उद्धृत गर्दै स्रोतले भन्यो, 'उसैले तोकेअनुसारको गोल खाएर हारे पैसा आउँछ भन्यो, खेलमा गोल खाने पक्का थियो, फ्रेन्ड्ली म्याच हो गर्दिऊँ भन्ने सहमति भयो ।'

सात वर्षअघि नै सुइँको
सन् २००८ मा मलेसियामा भएको मर्डेका कपमा क्यामरुनसँगको खेलमा मिलेमतो भएको थियो । बुकीसँग समूहका सबै सदस्यले ५ हजार अमेरिकी डलरका दरले १ लाख (एक करोड रुपैयाँ) पाउने सोबापत ४–० को नतिजा ल्याउनुपर्ने 'डिल' भएको थियो ।

टिममा रहेका सागर बीचैमा परिवर्तन हुँदा खेल बिग्रियो । सहमतिअनुसार नेपाल क्यामरुनसँग हार्यो तर ५–० को अन्तरले । डिलभन्दा एक गोल बढी खाएको भन्दै बुकीले पैसा नदिएपछि टिममा झगडा परेको थियो ।

रितेशका अनुसार सबै केटाहरुलाई डिलबारे थाहा थियो । पैसा नआएपछि टिममा विवाद भयो । एक्लैले सबै पैसा खायो भनेर बढेको विवाद एन्फाका पदाधिकारीसम्म पुगेको थियो ।स्रोतका अनुसार मलेसियामा खेल्न जाँदा समूहसहित आएको बुकीले होटलमै आफूहरुले भनेअनुसार नगरे जे पनि हुनसक्छ भन्दै बन्दुक देखाउँदै धम्क्याएको दाबी गरेका थिए ।

'टिमका खेलाडीबीचको झगडा एन्फासम्म पुगे पनि केही नभएपछि हरेक म्याच फिक्स हुनथाल्यो,' रितेशले प्रारम्भिक बयानमा भने ।

मिलेमतोमाएन्फाकै अधिकारी
खेल–मिलेमतोमा सबैभन्दा सक्रिय देखिएका प्रशिक्षक तथा पूर्वखेलाडी अञ्जनले भने एन्फाकै अधिकारीले समेत खेल–मिलेमतो गर्ने गरेको दाबी गरेका छन् । कतारमा भएको फ्रेन्ड्ली म्याचमा ४० हजार डलर आएको र मलेसियामा भएको खेलमा एन्फाका केही पदाधिकारीले ५० हजार अमेरिकी डलर लिएको उनले आफ्नो बयानमा दाबी गरेका छन् ।

'विल्सन भन्ने व्यक्ति होटलमै आएर खेल जित्ने या हार्ने भन्ने निर्देशन दिन्थ्यो,' अञ्जनको बयान उद्धृत गर्दैस्रोतले भन्यो, 'उसले भनेअनुसार गरे पकेट खर्च भनेर केही पैसा दिन्थ्यो ।'

नेपाली टोलीका कप्तान सागर बयानकैक्रममा भक्कानिएर रोएका थिए । उनले सिंगापुरमा हुने लिगमा खेल्न सहयोग गर्ने भन्दै विल्सन आफ्नो सम्पर्कमा आएको र खेलको नतिजा आफूले भनेअनुसार गरेबापत सहयोग गर्ने गरेको स्विकारे । 'उसले फोन गरेर तिम्रो नम्बर त फेला पारेँ भने म अरू पनि गर्नसक्छु भन्यो,' सागरको बयान उद्धृतगर्दै स्रोतले भन्यो,

'उसले खेल मिलेर खेलौं भन्दा पहिला त हुन्न भनेको थिएँ ।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ