arrow

वहुमत सहित स्थायी सरकार बनाउँछौं : रवीन्द्र अधिकारी 

logo
प्रकाशित २०७४ कार्तिक २३ बिहिबार
rabindra-kaski.jpg

पोखरा। नेकपा एमाले र माओवादी केन्द्रबीचको वाम गठबन्धनले कास्की क्षेत्र नम्बर २ अन्तर्गत पोखरा १७ मा चुनाव प्रचारप्रसार कार्यालय उद्घाटन गरेको छ। एमालेका पोलिटब्युरो सदस्य तथा प्रदेश नम्बर ४ का इञ्चार्ज गणेश तिमिल्सीनाले कार्यालय उद्घाटनपछि बोल्दै वाम गठबन्धन नेपालको आवश्यक्ता भएको बताए। उनले चुनावमा वाम एकतालाई जिताउन मतदातासँग आग्रह समेत गरेका छन्।

कास्की क्षेत्र नम्बर २ का प्रतिनिधीसभा सदस्य उम्मेदवार रवीन्द्र अधिकारीले आगामी निर्वाचनमा वाम गठबन्धनले नै अत्याधिक बहुमतका साथ सरकार निर्माण गर्ने दावी गरेका छन्। उनले देशको आवश्यक्ताले गठबन्धन जुरेको भन्दै देशलाई समृद्धीतर्फ डोहोर्‍याउने दायित्व पनि गठबन्धनसँग भएको बताए। ‘देशलाई समृद्धी चाहिएको छ। 

स्थायी सरकार चाहिएको छ। गठबन्धन नगरी बहुमत आउँदैन र स्थायी सरकार पनि बन्दैन, उनले भने–त्यही समृद्धीका र राजनीतिक स्थीरता दिनका लागि गठबन्धन भएको हो।’

क्षेत्र नम्बर २ अन्तर्गत प्रदेशसभा (क) का उम्मेदवार कृष्ण थापाले चुनावमा एमाले माओबादी प्राविधिक हिसावले एक नभएपनि चुनाव लगत्तै पार्टी एकता हुने विश्वास ब्यक्त गरे। उनले दुई पार्टीबीच कुनै मतभेद नरहेको भन्दै मिलेर अगाडी बढ्न दुवै पार्टीका नेता कार्यकर्तासँग आग्रह गरेका छन्। थापाले प्रदेशलाई समृद्ध बनाउन आफुँ कम्मर कसेर लाग्ने प्रतिबद्धता जनाए। कार्यक्रम पोखरा १७ का एमाले अध्यक्ष सुवास ढुंगानाको अध्यक्षतामा भएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ